यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
आजभोलि मिडियामा ३मीटूको चर्चा छ । आफूमाथि जीवनको कुनै समय भएको शारीरिक तथा मानसिक दुव्र्यवहार र हिंसालाई सार्वजनिक गर्ने सामाजिक सञ्जाल अभियानलाई नै ३मीटू अभियान भनिएको छ । चलचित्र, मोडलिङ, पत्रकारितालगायत क्षेत्रका महिलाले विशेषतः ट्वीटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत आफूमाथिको दुव्र्यवहार सार्वजनिक गर्छन् । कतिले आफूलाई दुव्र्यवहार गर्नेको नाम नै सार्वजनिक गरेका छन् भने कतिले घटनाक्रममात्र सार्वजनिक गरेका छन् ।
संरा अमेरिकी कलाकार तथा गायिका एलिसा मिलानोले सन् २०१७ मा ट्वीटरमार्फत यो अभियानको थालनी गरेकी थिइन् । महिला हिंसा र यौन दुव्र्यवहारका लागि दक्षिण एसिया क्षेत्रले कमाएको कुख्यातीसँगै सामाजिक सञ्जालमा पहुँच भएका पढेलेखेका सहरिया महिलाले यसलाई दक्षिण एसियाली देशमा पनि भित्याए । भारतका नाम चलेका पत्रकार र लेखकलाई केही महिला लेखिका र कलाकारले भित्तो पुग्ने गरी खेदे । संरा अमेरिका र भारतकै शैलीमा यो अभियान नेपाल नभित्रिए पनि यसलाई केही नेपाली महिला नायिका र अभियानकर्ताहरूले रोमान्टिसिज्म र फेसनको रुपमा चर्चा भने गरेका छन् ।
महिला आन्दोलनलाई यौन र पुरुषसम्ममात्र सीमित राख्ने पुँजीवादी चिन्तन बोकेका सहरिया सम्पन्न घराना परिवारका महिलाको लागि यो अभियानले आत्मविश्वास बढाएको महसुस गरेको हुनसक्छ । कम्तीका कार्यालयमा काम गर्ने महिलाले यो अभियानलाई आफूमाथि हुने दुव्र्यवहारविरुद्धको पहलकदमीका रुपमा लिएको देखिन्छ । तर यो अभियानले समग्र महिला आन्दोलनको आवश्यकता र मुद्दालाई न त प्रतिनिधित्व गर्न सक्छ न समाधान नै गर्न सक्छ । यसलाई प्रस्टै शब्दमा भन्दा महिला आन्दोलनभित्र देखिएको अर्को पुँजीवादी धार भन्न सकिन्छ ।
महिला आन्दोलनलाई पुरुषसँगको दुश्मनीसम्म मात्र सीमित राख्ने चिन्तन महिला आन्दोलनभित्रको पुँजीवादी धार हो । यसले महिलालाई राजनीतिक परिवर्तन र महिला हिंसा वा समस्यालाई राजनीतिक मुद्दाको रुपमा हेर्ने गर्दैन । राज्यसत्ता र राजनीतिक बन्दोबस्तको सापेक्षमा हेर्दा मात्र महिला आन्दोलनले सही दिशा हासिल गर्नसक्छ । ट्वीटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसँग नेपालजस्तो देशका अधिकांश महिलाको परिचय पनि भएको छैन । विदेशिएका आफ्ना खसमसँग कहिलेकाहीं कुरा गर्ने मोबाइलसम्म सीमित प्रविधिसँगको सामिप्यता ती महिलाले यो प्रविधिको विस्तारित रुप आफ्नो मुक्तिको बाटो हुनसक्छ भनी सोच्नमात्र पनि धेरै समय लाग्ने देखिन्छ ।
सामाजिक सञ्जालको शक्ति यसअघिका केही आन्दोलनबाट पुष्टि भइसकेको सत्य हो । तर सामाजिक सञ्जाल नै आन्दोलन कहिले पनि बनेको छ । कुनै सामाजिक आन्दोलन वा राजनीतिक विकासक्रममा सामाजिक आन्दोलन प्रभावसम्म पार्न सक्छ, आफैले निर्णायक भूमिका खेल्न सक्दैन । बरू सामाजिक सञ्जालको भरमा गर्न खोजिएका आन्दोलन धेरै असफल बनेका छन् । ३मीटू आन्दोलन सामाजिक आन्दोलनमा आधारित अभियान हो । यसले निःसन्देह समाजको चिन्तनशैलीमा केही बद्लाव ल्याउन भूमिकासम्म खेल्न सक्ला । तर, महिला समस्याका सबै समाधान यहींबाट हुने र यहीं जगबाटै सम्पूर्ण महिलाले मुक्तिको बिहानी देख्ने कुरा प्रस्टतः झुट हो । प्रविधिको विकाससँगै महिला आन्दोलनका स्वरुप र प्रकृतिमा केही परिवर्तन आइरहेको छ । तर, स्वरुप र प्रकृतिमा जतिसुकै र जस्तोसुकै परिवर्तन आए पनि विचारधारामा परिवर्तन नआउँदा आन्दोलन सही निष्कर्षमा पुग्न सक्दैन । महिला आन्दोलन राजनीतिक बन्दोबस्त सापेक्ष हो । पुँजीवादी र परम्परागत चिन्तनमा परिवर्तन नभएसम्म समयसँग आउने जाने गरेका केही अभियान र आन्दोलनले सही निष्कर्षमा पुग्न सकिंदैन ।
Leave a Reply