भर्खरै :

सेवामात्र होइन, गुणस्तरीय सेवा आवश्यक

भक्तपुर नगरपालिकाले ख्वप अस्पतालको निर्माण सुरु गरेको छ– खुसीको कुरा हो । जनस्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेको छ– हर्षको कुरा हो ।
तर, सेवा प्रदान वा सेवा गर्नु मात्र सम्पूर्ण होइन– गुणस्तर, विश्वसनीयता र प्रभावकारिताको स्थान पनि त्यतिकै महत्वपूर्ण र आवश्यक हुन्छ । यति भनेपछि नगरपालिका र सेवा दिनेहरूले गुदी कुरा बुझेको हुनुपर्छ ।
च्याम्हासिंहको जनस्वास्थ्य केन्द्रमा प्रयोगशालाको सेवा सुविधा प्राप्त छ तर प्रयोगशालाको रिपोर्टबारे गाईंगुर्इं धेरै सुनिन्छ । त्यसो त त्यस्तो रिपोर्ट भरपर्दाे र विश्वासिलो कहाँको प्रयोगशालाको हुन्छ ? अज्ञात छ । एकै दिन फरक–फरक प्रयोगशालामा विशेष गरी रगत जाँच गराउँदा फरक–फरक रिपोर्ट आउने गरेको कुरा धेरैले सुनेका, पढेका र व्यहोरेका छन् । च्याम्हासिंहको प्रयोगशाला मात्र अपवाद छैन ।
तर, जनता के आशा गर्छन् भने भक्तपुर नपाद्वारा सञ्चालित प्रयोगशालाको रिर्पाेट भरपर्दाे, विश्वसनीय र प्रामाणिकमा अद्वितीय होस् । यसको लागि भक्तपुर नपा र सम्बन्धित प्रयोगशालाका प्राविधिकहरूको गम्भीर ध्यानाकर्षण हुनेछ ।
च्याम्हासिंहमै औषधी पसल पनि छ । तर, मैले एउटा औषधी किन्दा बढी मूल्य लियो । इकोस्प्रिन–७५ ग्रामको १४ चक्कीको मूल्य रु.१०।– लियो भने चिनेको पसलमा लिँदा रु. ७ लियो, अर्काे पसलमा रु. ७.५० लियो । भक्तपुर नपा को छत्रछायाँमा सञ्चालित औषधी पसलमा ठूलो लूट चल्दो रहेछ भन्ने बुभ्mनुपर्ने हो ?
च्याम्हासिंहमा आँखा परीक्षणको सुविधा पनि छ । भक्तपुरमा आँखा अस्पताल बनाउन भक्तपुर नपाले जग्गा पनि प्रदान गरेको सुनेको थिएँ तर धेरै वर्ष बित्दा पनि निर्माण कार्य सुरु भएको छैन ।
केही समय पहिलेसम्म त्यस आँखा केन्द्रमा मधुमेहका बिरामीहरूको लागि हरेक महिनाको अन्तिम शुक्रबार विशेष आँखा परीक्षण गरिन्थ्यो तर अहिले बन्द गरिएको छ । सेवा विस्तार हुनुपर्नेमा किन हटाइयो ? यसबारे आशा छ मधुमेहका बिरामीहरूको सङ्ख्या बढिरहेकोले उक्त सेवा पुनः चालु र विस्तार गरिने छ ।
– राजेश, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *