यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १३ पुस । भक्तपुर नगरपालिकाको फोहर मैला व्यवस्थापनसम्बन्धी प्रभावकारी अवलम्बन गर्ने विषयमा नगरपालिकाको आयोजनामा शुक्रबार जनप्रतिनिधिहरू, नगरपालिकाका शाखा प्रमुखहरू एवम् कार्यदलका सदस्यहरूबीच छलफल कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर सानो नगर भएको हुँदा यहाँ सहज रुपमा सफा गर्न सकिने बताउँदै विशेषज्ञको ज्ञान, नगरपालिकाको लगानी र नगरवासीको सचेतनाले नगरलाई सफा र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो ।
भक्तपुर नगरलाई दीर्घकालीन रुपमा सफा गर्ने नपाको उद्देश्य रहेको बताउँदै प्रमुख प्रजापतिले ‘एक सम्पदा एक सरसफाइ’ अभियानमार्फत भक्तपुरका विभिन्न सङ्घ–संस्थालाई सरसफाइ अभियानमा क्रियाशील र सक्रिय बनाइ परिचालन गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो – ‘पहिले पहिले घरभित्रै मल बनाउने परम्परागत प्रविधि हुन्थ्यो । तर बदलिंदो समयसँगै फोहर मैला व्यवस्थापनमा चुनौती थपिएको छ । फोहरलाई मलको रुपमा प्रयोग गर्ने कि पुनःप्रयोग गर्ने भन्ने विषयमा छलफल आवश्यक छ ।’
फोहरमैला व्यवस्थापनमा जनचेतना नै मुख्य भएको बताउँदै प्रमुख प्रजापतिले प्लास्टिकको प्रयोगमा सकेसम्म कमी ल्याउने र कपडाको झोला प्रयोग उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले अरु नगरपालिकामा प्रयोग हुने फोहर व्यवस्थापन प्रविधिबारे अध्ययन आवश्यक भएका बताउँदै कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतीकरणहरू प्रभावकारी र उपयोगी भएका बताउनुभयो ।
कार्यक्रममा भनपा – ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, भनपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकला, कार्यपालिका सदस्यद्वय रोशनमैया सुवाल र छोरीमैया सुजखु, स्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवाल, वडा नं. ८ का वडाअध्यक्ष महेन्द्र खायमलीले वडा–वडाका फोहरलाई उचित रुपमा व्यवस्थापन गर्नुपर्न आवश्यकता औंल्याउँदै जनसमुदायलाई परिचालन गरी फोहर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटन तथा वातावरण समितिका संयोजक रविन्द्र ज्याख्व, फोहर मैला व्यवस्थापन कार्यदलका सदस्यहरू अमित रञ्जित, रोनिस शाक्य, पुन भैल, सुशिला ग्वाछा, मीरा प्रजापतिलगायतले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
Leave a Reply