सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष एवं सांसद अनुराधा थापामगरसँग अनलाइन मजदुरले गरेको संवाद प्रस्तुत छ ः
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यो वर्ष कसरी मनाउँदै हुनुुहुन्छ ?
जिल्ला–जिल्लामा कामदार वर्गका महिलाहरू भेला भई प्रवचन, बैठक, छलफलसहित मनाउँदै छौं । केन्द्रमा पार्टी अध्यक्ष का. रोहितको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा बुधबार बिहान ११ बजे ‘अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन र नेपाल’ विषयक प्रवचन र सङ्घको मुखपत्र ‘केटीहरू’ बुलेटिनको सार्वजनिकीकरण कार्यक्रम हुनेछ । सोमबारको कार्यक्रममा सम्पूर्ण कामदार वर्गका दिदीबहिनी र दाजु–भाइहरूलाई सहभागिताको लागि अनुरोध गर्दछु ।
श्रमिक महिला दिवस किन मनाउने ?
श्रमिक महिलाहरूको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको लागि यो दिवस मनाउने हो । सामन्तवाद र पूँजीवादी व्यवस्थामा कामदार वर्गका महिलाको लागि उल्लिखित अधिकार प्राप्त हुँदैन । यसको लागि जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादमा पुग्नुपर्छ । देशको आमुल परिवर्तन र समाजवादी क्रान्तिबारे महिला दिदीबहिनीहरूलाई शिक्षित गर्ने उद्देश्यले हामी श्रमिक महिला दिवस मनाउँछौं ।

नेपाली श्रमिक महिलाको अवस्थाबारे केही भन्नुहुन्छ कि ?
हरेक पूँजीवादी देशमा झैं नेपालमा पनि हामी नेपाली श्रमिक महिलाहरूको स्वास्थ्य, शिक्षा र रोजगारीको प्रत्याभूति भएको छैन । गिटी, ढुंगा, बालुवा, इँटा, उद्योग, घर–भवन, बाटो निर्माणलगायतका श्रमिक महिलाहरूको काम गर्ने वातावरण स्वास्थ्यको प्रतिकूल पनि छ । ज्यालामा असमानता कायमै छ । ती श्रमिक महिलाहरूको सन्तानको पालनपोषणको कुनै प्रत्याभूति छैन । धेरै श्रमिक महिलाहरू वैदेशिक रोजगारीको नाममा वेखविचन जस्तै भइरहेका छन् । दिनको एक छाक खाएर भोकै सुत्नुपर्ने श्रमिक महिलाहरू पनि धेरै छन् ।
यो दयनीय अवस्थाबाट नेपाली महिलालाई मुक्त गर्ने बाटो के हुन् ?
श्रमिक महिलाहरूको जीवनमा सुख–शान्ति ल्याउन यो पूँजीवादी उत्पादन सम्बन्धलाई अन्त्य गरी सामाजिकीकरण नै गर्नुपर्छ । तत्कालको लागि सरकारले श्रमिक महिलाहरूलाई स्वदेशमा नै रोजगारी दिने, गाविस एवं नगरपालिकाको प्रत्येक वडामा शिशु स्याहार केन्द्र र बालोद्यान सञ्चालन गर्ने काम गर्नुपर्छ । यसले श्रमिक आमाहरूको उत्पादकत्व बढ्नेछ र जीवन गुजारा गर्न मद्दत पुग्नेछ । श्रमिक आमाहरूले आफ्ना सन्तानको पालनपोषण गर्न र शिक्षादिक्षा दिन नसक्दा सडक बालबालिका पनि बढ्दै छन् । लागु पदार्थ दुव्र्यसनीको संख्या पनि बढ्दो छ । सरकारले चेलीबेटी बेचबिखन गर्ने र लागु पदार्थ ओसारपसार तथा बिक्री गर्नेहरूलाई कडा कारबाही गर्न आवश्यक छ । महिला हिंसा एवं मानवताविरोधी गम्भीर अपराध गर्नेहरूलाई संविधान र ऐन–नियममै जन्मकैद र मृत्युदण्ड सजाय समेतको प्रावधान राखिनुपर्छ ।

संसदमा नेमकिपाका सांसदहरु
Leave a Reply