सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
के तपाईं नयाँ घर निर्माण गर्दै हुनुहुन्छ ? यदि घर बनाइरहेको छ भने घर निर्माण गर्दा प्रयोग हुने साधन भरपर्दो हुनुपर्छ । डण्डी, सिमेन्टमात्रै धेरै राखेर ढलान घर बलियो हुँदैन । ढलान गर्दा सिमेन्ट, डण्डी, बालुवा र रोडाको मात्रा मिल्नुपर्छ । ढलान चाँडै सकाउने नाउँमा सामग्रीको मात्रा मिलेन भने त्यस्तो घर धेरै टिक्दैन । सामान्यत ः प्राविधिकहरू एकपटक बनाइएको घर सय वर्ष टिक्नुपर्छ भन्छन् । सबै मात्रा मिल्यो भने घरको म्याद सय भने तापनि एक सय पचास या त्योभन्दा बढी टिक्नसक्छ । त्यसरी नै टिकाउने हिसाबले नयाँ घर बनाउनुपर्छ ।
घर निर्माण कसैलाई चाहिँदैमा छिनछिनमा बनाउन सकिँदैन । सर्वसाधारण जनताको लागि त त्यो कल्पनाझैं हुन्छ । ढलान घर बनाउँदा या सिमेन्ट इँटा र माटो इँटा जोडाइ घर बनाउँदा सिमेन्ट, बालुवा र रोडाको मात्रा त मिल्नुपर्छ नै । तर, मात्रा मिलेकै भए पनि त्यसमा प्रयोग हुने फोहर मिसिएको पानी, माटो मिसिएर धमिलो भएको पानी भयो भने त्यस्तो घर बलियो हुँदैन , भरपर्दो हुँदैन । फोहर या माटो मिसिएको पानी प्रयोग गरेर बनाइएको ढलान घरको म्याद सय वर्ष भने तापनि त्यति टिक्दैन बरु त्यस्ता घरहरू ४०÷५० वर्षबाहेक नटिक्ने ठोकुवा प्राविधिकहरू गर्छन् ।
फोहर पानीको प्रयोग व्यक्तिगत घर या भवनमा मात्र होइन अन्य सार्वजनिक मठ, मन्दिर, पाटी–पौवा, चैत्य, विहार निर्माणमा पनि गर्नुहुँदैन । बाँध, पुल तथा सडक पीचमा पनि प्रयोग गर्नुहुँदैन । यदि कसैले प्रयोग गरिएको छ भने त्यो विषसरह हुन्छ । त्यस्ता पुल, बाँध र पीच गरिएको सडक लामो समयसम्म टिक्दैन या छिट्टै बिग्रिन थाल्छ । ठेक्कामार्फत कसैले त्यस्तो काम गरिरहेको छ भने सरोकारवाला निकायले काम गरिरहेको बेला निरीक्षण गर्नुपर्छ । काम पूरा भएको आधारमा मूल्याङ्कन गरेर त्यो काम कसरी गुणस्तरीय हुन्छ ?
नेपाल भूकम्पीय क्षेत्र हो । काठमाडौँ उपत्यका पनि भूकम्पीय क्षेत्रमा पर्छ । गत ०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पले दोलखा, गोरखामा झैं काठमाडौं उपत्यकामा पनि ठूलो धनजनको क्षति पु¥याएको थियो । त्यसो त उपत्यमामा भत्किएका अधिकांश घर पुरानै हुन् । सरकारले म्याद सकेका या जीर्ण भइसकेका पुराना घरहरू भत्काएर नयाँ बनाउन सहयोग नगरेकोले पनि क्षति बढी भएको हो । हाल बनेका कति नयाँ घर, बाँध, कुलो, पुल र सडक पीचमा फोहर पानी हालेर बनाइरहेको कारण प्राविधिकहरूमात्र होइन सर्वसाधारण पनि नयाँ घरहरू ५० वर्ष पनि नटिक्ने दाबी गर्छन् । उनीहरूको दाबी सही नै नभए पनि ढलान या अरु कुनै निर्माण कार्यमा फोहर या माटो मिसिएको धमिलो पानी प्रयोग गर्नुहुँदैन । आफ्नो घरलाई आफैले कमजोर बनाउने धृष्टता नगरौं । हरेक काममा बुद्धि पु¥याऔं र सकेसम्म लामो समय टिकाऔँ ।
– कालिप्रसाद अवाल
Leave a Reply