‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
मालश्री, भरतपुर
विगत आठ वर्षदेखि कहिले गर्भवती भएको घरमा त कहिले सुत्केरीको घरमा पुगेर नितान्त सेवा गर्ने भावनाले समर्पित एक स्वास्थ्य स्वयम्सेविका हुन्–सुमित्रा महतो ।
महिलाको सुरक्षित मातृत्वको लागि गर्भवतीको घर पुग्दा सन्तुलित खानपिन गर्ने, आवश्यक आराम गर्ने, नियमित अस्पताल जाँच्न गर्न जाने, आइरन र क्याप्सुल नियमित खाने, अस्पतालमै गएर सुत्केरी गर्न जानेलगायत उहाँसिकाउनुहुन्छ । साथै उहाँसुत्केरीको घरमा पुगेर पैंतालीस दिनसम्म नियमित आइरन र क्याप्सुल खाने, बच्चालाई आवश्यक सबै खोप खुवाउने र सुई समय–समयमा लाउनुपर्ने, तागतिलो र सन्तुलित खानपिन गर्ने र सरसफाइमा ध्यान दिनुपर्नेलगायत बताउनुहुन्छ ।
उहाँ नर्ससँगै पनि महिनाको तीन, सात र उन्नान्तीस गते नियमित गर्भवती र सुत्केरीको घर आँगनसम्म पुग्ने गर्नुहुन्छ । खोप खुवाउने बेलामा तोकिएको दिनमा आमा समूहको घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गर्न खट्नुहुन्छ ।
बिनातलब सामान्य भत्ताको भरमा गर्भवती र सुत्केरीको सुरक्षार्थ चेतनास्तर उठाउन नियमित लागिपर्ने भएर गाउँलेहरू उहाँलाई “गाउँका डाक्टर” भनेर सम्बोधन गर्दारहेछन् । वर्षको एउटा पोसाक र साइकलको भरमा नियमित महिलाको मातृत्वको सुरक्षामा खटिरहने सुमित्रा महतोलाई जनसम्पर्क बढेकोमा आनन्द लाग्छ । गर्भवती र सुत्केरीको घरबाट अचानक बोलावट भएमा घरको आफ्नो कामबीचैमा छोडेर पनि सेवामा जान पछि पर्नु हुन्न उहाँ ।
स्वास्थ्य स्वयम्सेविका हुनुअघि सुरक्षित मातृत्व महिलाको अधिकार भन्ने परियोजनामा काम गरेर दुई वर्षको अनुभव लिई सक्नुभएकोले झन् उहाँलाई घर–घर पुगेर सेवा गर्न सजिलो हुनु स्वाभाविक हो ।
रत्ननगर नगरपालिका वडा नं. ९ स्थित गड्यौलीको थारु समुदायमा वि.सं. २०३६ माघ २७ गतेका दिन बुबा ठुलो ढिडारी र आमा जलिया थरुनीको कोखबाट चार सन्तानमध्ये तेस्रो सन्तान त्यो पनि एक्ली छोरीको रुपमा उहाँको जन्म भयो । घरको आर्थिक समस्याको कारण कक्षा दशभन्दा माथिको उच्च शिक्षाबाट उहाँ वञ्चित हुनुप¥यो ।
समाजमा महिलाको सुरक्षित मातृत्वको विषयमा पहिलेभन्दा सकारात्मक परिवर्तन आए पनि अझै राम्रोसँग परिवर्तन भएको उहाँले पाउनुभएको छैन । रत्ननगर नगरपालिका वडा नं. ९ कै गड्यौली र लालपर्साको करिब दुई सय घरको जिम्मा परेकोमा बाहुन, थारु लगायतमा केही परिवर्तन आए पनि कुमाल जातिमा परिवर्तन नआएको तित्तो अनुभव उहाँसँग छ,–“कुमाल जातिका महिलाहरू अझै पनि घरमै बच्चा पाउँछन् । अस्पताल जानै खोज्दैनन् । आइरन र क्याप्सुलको चक्की पनि सेवन गर्न मान्दैनन् ।” शैक्षिक चेतनाको कमीले नै स्वास्थ्यको चेतना विकास गर्न गा¥हो भएको उहाँको मत छ ।
अझ नयाँ पुस्ता (टीन एज) का भाइबहिनीहरू जाँड, रक्सी, चुरोट, गाँजालगायतको कुलतमा फसेको देख्दा त “कसरी शिक्षा र स्वास्थ्यमा चेतना बढ्ला? समाजको विकास कहिले हुने हो ? कस्तो समाज बन्ने हो ?” लगायत प्रश्नहरू उहाँ आफैमा उठ्नु अन्यथा होइन । नजिकै मोहना मावि भए पनि शैक्षिक गुणस्तर पहिलेभन्दा झर्दो छ, कमजोर छ । गाउँकै पुरानो विद्यालयको विकास र प्रगति नहुनुको प्रमुख कारण अनावश्यक राजनीतिक हस्तक्षेप भएको उहाँको ठम्याइ छ ।
थारु समुदायमा अझै पनि बीस–बाइस वर्षमा बिहे नभएमा पछि विवाह गर्न गा¥हो पर्ने अवस्था छ । त्यस अवस्थाले सुमित्रा महतोलाई पनि नछोएको कहाँहो र । तर ढिलै भएनि वि.सं. २०७० सालमा खोटाङ निवासी रमेशकुमार राईसँग उहाँले अन्तरजातीय विवाह गर्नुभयो । विवाहपछि पनि उहाँमाइती गाउँमै बसेर स्वास्थ्य स्वयम्सेविका भएर सेवारत रहन पछि पर्नुभएन । अचानक बिहे भएको चार वर्षपछि वि.सं. २०७४ सालको धान कात्ने बेलामा उहाँको श्रीमानको दुःखद मृत्यु भयो । गा¥हो सा¥हो भएनि अहिले उहाँमाइतीसँगै बस्दै आउनुभएको छ । आफ्नो पीडालाई मनैमा डबाएर भएनि उहाँमहिलाको सुरक्षित मातृत्वको लागि निरन्तर सेवारत रहनुभएको छ । उहाँको पाइला सदा त्यसरी नै अगाडि बढिरहोस् ।
Leave a Reply