भर्खरै :

समाजवादमा बाल विकास तहदेखि उच्च शिक्षासम्म निःशुल्क र अनिवार्य

भक्तपुर, २१ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले बाल विकास सेकेण्डरी स्कूलको ३१ औँ वार्षिकोत्सवको अवसरमा शनिबार विद्यालयको किन्डरगार्टन भवन उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले समाजवादी देशहरूमा बाल विकास तहदेखि उच्च शिक्षासम्म निःशुल्क र अनिवार्य हुने गरेको उदाहरण दिनुहुँदै नेपालमा आपूmलाई कम्युनिष्ट भन्ने अवसरवादी पार्टीहरूले यसतर्पm ध्यान नपु¥याउँदा धेरै बालबालिकाहरुले गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
उहाँले सानो उमेरमा धेरै दबाब दिएर बालबालिकालाई पढाउँदा वा काम गराउँदा पछि छिट्टै स्मरण शक्ति कमजोर हुने बताउनुहुँदै अभिभावक र शिक्षिकाहरू यसतर्पm सचेत रहनुपर्ने उल्लेख गर्नुभयो ।
बालबालिकालाई सानोमा ध्यान दिन नसक्दा त्यसको असर भविष्यसम्म देखिने भएकोले बालबालिकाको हुर्काइमा अभिभावकले ध्यान पु¥याउनुपर्ने विचार अध्यक्ष रोहितले राख्नुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले राज्यले शिक्षा, स्वास्थ्य सिद्धान्ततः निःशुल्क, अनिवार्य बनाउनुपर्ने, शिशुशाला र बालोद्यान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले शिक्षा हरेक नागरिकको मौलिक हक भए पनि सरकारले यसतर्पm चासो देखाउन नसकेकोले आपूmहरू अभिभावकसँग सहकार्य गरेर युग सुहाउँदो गुणस्तरीय शिक्षा दिन लागिपरेको बताउनुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाले बगैँचामा थरीथरी फूलहरू भएजस्तै विद्यालयमा पनि विभिन्न समाज र संस्कारबाट बालबालिकाहरू आउने भएकाले शिक्षक÷शिक्षिकाहरूले यो विविधतालाई बुझेर बालबालिकालाई शिक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाल शिक्षाका अनुभवी तथा जानकार रमेश भुषाल, एलिसा झा, बाल शिक्षाका जानकारद्वय अर्चना भण्डारी र लिना श्रेष्ठ, अभिभावक प्रतिनिधि देविका दनेखू (खत्री), ग्रेड तहकी इन्चार्ज सीतालक्ष्मी प्रजापति, मनिषा श्रेष्ठ, शङ्कर आचार्यलगायतले बोल्नुभएको थियो ।
विद्यालयको नयाँ किन्डरगार्टन भवनको उद्घाटन गरिएको कार्यक्रममा प्ले–गु्रपदेखि कक्षा तीनसम्मका विद्यार्थीहरूले विभिन्न विधामा सांस्कृतिक प्रस्तुति गरेका थिए भने विद्यालयको बुलेटिन ‘दि डन’ को ३५ औँ अङ्क सार्वजनिकीकरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *