भर्खरै :

महिला कबड्डीमा पुलिस क्लव प्रथम

भक्तपुर, २७ पुस । ‘अनुशासन मित्रता र जागरूकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा २०७५ पुस २५ गतेदेखि २७ गतेसम्म सञ्चालित राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब प्रथम, भक्तपुर टीम द्वितीय, काठमाडौं र एपीएफ टीमले तृतीय स्थान हासिल गरेका थिए ।
कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभ्य समाज निर्माण गर्न युवाहरूलाई अनुशासित र क्रियाशील बनाइराख्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले खेलाडीहरूले राष्ट्रिय÷अन्तराष्र्टि«य जगतमा देशलाई चिनाउन लक्ष्य लिई जिम्मेवारीपूर्वक खेल्नुपर्नेमा जोड दिनुभयो ।
खेलकुद क्षेत्रको प्रबद्र्धनको निम्ति भक्तपुर नगरपालिका निरन्तर लागिरहने आश्वासन दिनुहुँदै उहाँले भनपाले माघ महिनादेखि जिम्न्यास्टिक खेलको प्रशिक्षण सुरु गर्न लागेको जानकारी दिनुभयो ।
‘‘योग्य र राम्रा खेलाडीहरूलाई राज्यले प्रोत्साहन गर्नु आवश्यक छ । खेलकुदमार्फत् युवाहरूले आफ्नो दक्षता प्रदर्शन गर्ने अवसर पाउँछ ।’’ प्रमुख प्रजापतिले भन्नुभयो ।
भनपा वडा नं. १ का वडाअध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले देशको सार्वभौमिकता रक्षा गर्न युवाहरूलाई सैनिक तालिमको आवश्यकता औंल्याउनुहुँदै युवाहरूलाई कुलतबाट जोगाउन खेलकुदको महत्व भएको बताउनुभयो ।
४ नं. वडा खेलकुद समितिका संयोजक पशुपति प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल कबड्डी सङ्घका महासचिव विनोद प्रजापति, भक्तपुर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कुमार चवाल, भारती आविका प्रअ न्हुछेराम भेले, वडा सदस्य राजेन्द्र माकलगायतले बोल्नुभएको थियो ।
प्रतियोगिताका विजयी टीमलाई प्रमुख अतिथि प्रजापतिले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने समूहलाई रू. ५०,०००, द्वितीय हुने समूहलाई ३०,००० र तृतीय हुने समूहलाई १०,००० को नगद पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *