भर्खरै :

बहुदल पुनः स्थापनापछिका सरकारहरु पञ्चायतकै बाटोमा !

भक्तपुर, ६ फागुन । स्वतन्त्र विद्यार्थी युनियन, भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा माघ २५ देखि सुरु भएको रचनात्मक साहित्यिक तथा खेलकुद सप्ताहको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले विजयी खेलाडीहरूलाई बधाईसहित प्रमाणपत्र वितरण गर्नुभयो ।
सांसद सुवालले विद्यालय, कलेज र खेलकुद कम्प्लेक्स जिल्ला–जिल्लामा पर्याप्त व्यवस्था भए स्वास्थ्य केन्द्र र अस्पताल थोरै भए पुग्ने तर नेपालको सहरमा घर–घरमा निजी अस्पताल र निजी कलेज तथा वडा–वडामा विद्यालय र पुस्तकालय होइन मदिरा पसल खुलेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सन्तुलित विकासको लागि ७७ वटै जिल्ला सदरमुकाममा गुणस्तरीय सरकारी विद्यालय, कलेज र अस्पताल हुनु आवश्यक छ ।”
उहाँले त्रिभुवन विश्वविद्यालयकै ५७७ वटा निजी क्याम्पस र ५२४ वटा सामुदायिक क्याम्पस भएको तर आङ्गिक क्याम्पस ६० वटामात्र भएको उल्लेख गर्नुहुँदै आङ्गिक क्याम्पस थपेर निजी क्याम्पस खोल्न नपर्ने स्थिति सृजना गर्नुपर्ने विचार राख्नुभयो ।
सांसद सुवालले निजी क्षेत्रले व्यक्ति र परिवारको मात्र हित हेर्ने हँुदा समाज र देशको हितको लागि सरकारले नै शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
“पञ्चायतको विरूद्ध ३० वर्ष सङ्घर्ष गरेको बताउने पार्टीहरू सरकारमा गए तर सार्वजनिक संस्थान निजीकरण गरी सीमित व्यक्तिलाई पोस्ने काम गरे । सरकारमा गएका पार्टीहरूको यो नीति खोटपूर्ण छ । यसकारण संस्थागत भ्रष्टाचार बढिरहेको हो र सुशासन कायम नभएको हो । सरकारले भ्रष्टाचारीलाई दण्ड सजाय दिनु आवश्यक छ । आफैले उद्योग–व्यापार सञ्चालन गरी आन्तरिक उत्पादन बढाउनु आवश्यक छ । यसो नगरेकैले व्यापार घाटा बढेको हो ।”, उहाँले जोड दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालमा अहिलेसम्म सियो बनेको छैन तर पुस २२ गतेको संसद्मा प्रधानमन्त्री ओलीले भूउपग्रह उडाउने दाबी गरे । भ्रष्टाचारको काण्डै–काण्ड भएको सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउन सक्दैन ।”
उहाँले विद्यार्थीहरूले भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोध गर्नुपर्ने आँैल्याउनुहुँदै एसिया–प्रशान्त वा हिन्द–प्रशान्त सैन्य गठबन्धनको पनि विरोध गर्नुपर्ने र नेपाल त्यस्तो सैन्य गठबन्धनमा संलग्न हुन नहुनेतर्फ सचेत गराउनुभयो ।
नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य तथा नेविसङ्घका पूर्वसभापति प्रदिप पौडेलले ओली सरकारको दुईतिहाइ भए तापनि सामाजिक विकृति बढेको र अपराधीहरू संरक्षित भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेपालको ७० स्थानमा ६० हजार हेक्टरभन्दा बढी भू–भाग भारतले अतिक्रमण गर्दा पनि सरकारले नियन्त्रण नगरेको उल्लेख गर्नुभयो । स्ववियुको कार्यकाल सकिन लागेको हुँदा त्रिभुवन विश्वविद्यालयले सर्वदलीय विद्यार्थी बैठक बोलाई निर्वाचनको कार्यक्रम तालिका अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
स्ववियु अध्यक्ष दिनेश खड्गीको सभापतित्वमा भएको समापन कार्यक्रममा प्राचार्य डा.कृष्णप्रसाद पोखरेल, नेविसङ्घका नेता कुन्दनराज काप्mले, पूर्वस्ववियु सभापतिद्वय रामप्रसाद प्रजापति र जीवन खत्री, स्ववियु कोषाध्यक्ष मिलन गणेजू, सचिव विवेक लामिछाने आदिले बोल्नुभएको थियो । साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *