भर्खरै :

काठमाडाँैमा बा¥हौं जनसाहित्य सम्मेलन : पुँजीवादी सत्ताको लागि लुछाचुँडी गर्ने कम्युनिष्ट हुनसक्दैन

काठमाडाँै, ७ फागुन । काठमाडौँ टोखा नगरपालिकामा हरेक वर्ष फागुन ७ गते हुँदै आएको जनसाहित्य सम्मेलनको बा¥हौं सृङ्खलाको मङ्गलबार नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुभयो ।
विभिन्न साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिसहित भएको सो सम्मेलनमा सांसद सुवालले पुँजीवादी सरकारमा लुछाचुँडी गर्ने पार्टी कम्युनिष्ट पार्टी हुननसक्ने बताउनुभयो ।
देशको सार्वभौमिकता र स्वाधीनताको लागि आवाज नउठाउने कुनै पनि दल देशभक्त नहुने चर्चा गर्दै उहाँले वर्तमान ओली सरकार पुँजीवादी सरकार भएकैले भ्रष्टाचारका काण्डहरूमा एकपछि अर्को फस्दै गएको धारणा राख्नुभयो ।
पार्टीको व्यवहारले कम्युनिष्ट हुने धारणा राख्दै उहाँले भन्नुभयो, “नाममा कम्युनिष्ट शब्द हुँदैमा कुनै पनि दल कम्युनिष्ट हुने होइन ।”
उहाँले भारतीय विस्तारवादको हितमा नेपाली काङ्ग्रेस, एमाले र माओवादीले नागरिकता ऐन पारित गर्दा देशको सार्वभौमिकता खतरामा पर्दै गएकोले नेपाली जनता सजग हुनुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले प्रगतिशील साहित्य र प्रतिक्रियावादी साहित्यबीचको भिन्नताबारे चर्चा गर्दै नेपाली साहित्यकारहरूले रुसका मेक्सिम गोर्की र चीनका लु सुनजस्ता प्रगतिशील साहित्यकारबाट सिकेर साहित्य रच्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले कामदार जनताको लागि समाजवादी व्यवस्था र सम्पूर्ण मानव जातिको लागि साम्यवादी समाज आदर्श समाज हुने धारणा राख्दै वर्तमान सरकारले देशमा निम्त्याएका विकृति र समाजमा व्याप्त अन्धविश्वास छ्यास्न साहित्यकारहरूले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
चिकित्सक तथा लेखक डा.सरोज धितालले मदिरा र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहन आग्रह गर्नुभयो । उहाँले इनर्जी ड्रिङ्कको नाममा बजारमा पाइने पेयपदार्थ स्वास्थ्यको लागि हानिकारक भएको चर्चा गर्दै नियमित व्यायाम गर्न आग्रह गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले हिन्द प्रशान्त र एसिया प्रशान्त गठबन्धन संरा अमेरिकी साम्राज्यवादको योजनाअनुसार आएको साम्राज्यवादी र विस्तारवादी गठबन्धन भएकोले त्यसमा नेपाल सहभागी बन्नु ठीक नहुने धारणा राख्नुभयो ।
कानुन अध्ययन समाजका अधिवक्ता अनिता जधारीले देवानीसंहिता र फौजदारीसंहिताका विभिन्न पक्षबारे जानकारी गराउनुभयो ।
लेखक रतन भण्डारीले नेपालको नागरिकता ऐनमा समावेश देश हितविपरीतका प्रावधानले नेपाल फिजी र श्रीलङ्काको अवस्थामा पुग्न सक्नेप्रति सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा कवि सुलोचना मानन्धरले ‘शिवपुरी’ र ‘जाजरकोट’ नामका दुई कविता वाचन गर्नुभयो । जनसाहित्य सम्मेलनमा प्रस्तुत साहित्यको शिक्षक सजीव श्रेष्ठ, शिक्षक प्रभात सापकोटा र लेखक मदन श्रेष्ठले मूल्याङ्कन गर्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष काशिलाल डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा टोखा नगर समितिका अध्यक्ष कृष्णमान श्रेष्ठ, रामलाल महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *