मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– साहिला
अन्याय अत्याचारविरुद्ध
जनताको हित
देशको रक्षार्थ
जसले
आफ्नो ज्यान बलिदान दिन्छ
ऊ अमर सहिद हुन्छ ।
जसले
कहिल्यै आफ्नो लागि
आफ्नो परिवारको लागि
आफ्नो आफन्तको लागि
स्वार्थी भाव राखेन
किनभने
मन, विचार उसको
विशाल छ, महान छ ।
हो, उसले
देशको सार्वभौमकिता भू–अखण्डतताप्रति माया गर्छ
साम्राज्यवाद, विस्तारवाद
उपनिवेशवादविरुद्ध
त्यस्तै
नवउदारवादविरुद्ध
निरन्तर सङ्घर्ष गर्छ ।
अनि स्वाभिमानी थिए
तिनीहरूको अगाडि
कहिल्यै झुक्न जानेन
बरु दमदम गोली
खान तयार हुन्छ ।
एक आपसमा सद्भावयुक्त
सुखसुविधा सम्पन्न
आदर्श समाज
स्थापनाका लागि सङ्घर्षमा
आफ्नो जीवन अर्पण गरेको छ ।
आज त्यो
देश र जनताको लागि
प्रेरणाको स्रोत बनेको छ
ऊ, मात्र व्यक्ति, व्यक्ति होइन
ऊ मात्र जन्मदिने आमाको
सन्तान होइन
ऊ नेपाल आमाकै सन्तान ।
आज तिनैलाई हामी
स्वाभिमानी जनहरू
हरपल हर समय आदर गर्छौँ
अमर सहिदसामु सम्मान गर्छौँ
उनीप्रति
जहिल्यै शिर झुकाउँछौँ
नयाँ जोश जाँगरका साथ
गर्छौँ लालसलाम ।
Leave a Reply