भर्खरै :

सीमा मिच्दा सरकार किन मौन ?

–अजय जोशी, कञ्चनपुर
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले नेपालको ब्रम्हदेव बजारमा बाटो बनाउँदा भारतीय सीमा सुरक्षा बलले रोकेको समाचारप्रति सरकारको कुनै धारणा नआउनु दुःखद् कुरा हो ।
आफ्नो भूमिमा सडक बनाउन पनि रोक लगाउँदासमेत सरकार मौन बसेको छ । अझ एसएसबी फोर्सले नेपालको भूमिसमेत भारतको भएको दाबी गरिरहेको छ । दुई देशबीचको सीमास्तम्भ समेत बेपत्ता भएको छ । दुई देशको सिमानामा रहेको दसगजा क्षेत्रमा भारतले मनपरी गरिरहेको छ ।
तर, सरकार भने मौन छ । सरकारले देशको सिमाना रक्षा गर्नुपर्ने होइन र ? निहत्था नेपाली जनताले आफ्नो देशको सिमाना रक्षा गर्न ज्यान हत्केलामा राखेर सङ्घर्ष गर्न हिम्मत गर्ने तर सरकारले भने मौन बस्ने ? क्या काइदा नेपाल सरकार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *