यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १० चैत । सूर्यविनायक नगरपालिका वडा नं ५ स्थित कटुञ्जे दर्शन ढुङ्गा क्लवले शनिबार समाज सुधार, बाल सुधारबारे एक कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा शिक्षक एन.बी.खाताखोले क्लव विकासको लागि स्कूलका बालबालिकालाई संलग्न गराउनुपर्ने र यसले उनीहरूमा सकारात्मक सन्देश छर्ने विश्वास व्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष नगेन्द्र बखुन्छेले बालबालिकाहरूको बौद्धिक विकासको लागि हाजिरीजवाफ, चित्रकला, कविता प्रतियोगिता तथा खेलकुदमा दौड, व्याडमिन्टन, बुद्धिचाल आदि गतिविधि गरिरहेको बताउनुभयो ।
क्लवमा सदस्यहरूबीच आत्मीय सम्बन्ध बढाउन र सामाजिक सुधारका कार्यहरू गर्न उत्साहित बनाउने उद्देश्यले स्थापना भएको सो क्लवको कार्यक्रम बालबालिकाहरूको बौद्धिक विकास, पढाइको स्तर विकास गर्न र स्वस्थ र जाँगरिलो बनाउनेतर्फ केन्द्रित थियो ।
Leave a Reply