राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, ६ वैशाख । बासु माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मीभक्त लासिवाले उमेर हदको कारण अवकाश प्राप्त गर्नुभएको छ ।
शुक्रबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी लासिवालाई बिदाइ गरिएको थियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले भावी पुस्ताको निम्ति एक शिक्षक आदर्श व्यक्ति हुनसक्ने बताउनुभयो ।
उहाँले २१ औं शताब्दी अत्यन्तै चुनौतीपूर्ण बनेको समयमा शिक्षण पेशा झनै चुनौतीपूर्ण भएको विचार राख्दै शिक्षाले व्यक्तिको वैज्ञानिक चिन्तनको विकास गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा सेवानिवृत्त लक्ष्मीभक्त लासिवाले समाजलाई प्रगतिपथमा डो¥याउने काममा निरन्तर लागिरहने धारणा राख्नुभयो । उहाँले बासु मावि जनताको कठिन प्रयासबाट बनेको र यसको साख अझ विस्तार गर्न नयाँ पुस्ताका शिक्षकहरूले अझ मेहनत गर्ने आशा व्यक्त गर्नुभयो ।
बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक राजकुमार ह्योंमिखा, विष्णुप्रसाद दुमरु, रामकुमार निरौलाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विव्यस अध्यक्ष गोसाईले सेवानिवृत्त लासिवालाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । प्रअ न्याइच्याईले सेवानिवृत्त लासिवालाई मायाको चिनोको रूपमा बुद्धको प्रतिमूर्ति दिनुभएको थियो ।
Leave a Reply