भर्खरै :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

पोखरा, १० चैत । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन ।
निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो ।
शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।
उहाँले अब केही दिनपछि विमानस्थल निर्माणको नयाँ काम सुरुवात हुने विश्वास दिलाउनुभयो । सन् २०२० को जुलाईसम्ममा विमानस्थलको काम सम्पन्न गर्नेगरी चीनको सिएमसिइ इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले करिब रु २१ अर्ब ऋण उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *