छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
काठमाडाँै, ३१ वैशाख । हिन्द–प्रशान्त सुरक्षा मामिलाका लागि संरा अमेरिकी रक्षा विभागका सहायक सचिव रन्डेल स्चरिभरले गएको अप्रिलमा सञ्चारमाध्यमलाई साङ्ग्रिला डायलग (सम्मेलन) मा कार्यकारी रक्षा सचिव प्याट्रिक शनाहनले संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिको अद्यावधिक संस्करण सार्वजनिक गर्ने जानकारी दिएका थिए । साङ्ग्रिला सम्मेलन मे महिनाको उत्तर्राद्धतिर हुँदैछ । त्यतिबेला सञ्चारमाध्यमलाई उनले हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकी सैनिक उपस्थिति बलियो बनाउनेतिर सङ्केत गर्दै हिन्द–प्रशान्त संरा अमेरिकाको उच्च प्राथमिकताको क्षेत्र भएको बताए ।
संरा अमेरिकाको वर्तमान ट्रम्प सरकारले हिजोका विदेश नीति र कार्यनीतिमा धेरै प्रकारका परिवर्तन गरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले अघि सारेको एसिया–प्रशान्त रणनीतिको अवधारणा ट्रम्प सरकारले आधारभूतरूपमा परित्याग गरिसकेको छ । संरा अमेरिकाको नयाँ क्षेत्रीय रणनीति प्रष्ट बुझिने गरी ‘एसिया–प्रशान्त’ शब्दको ठाउँमा अहिलेको सरकारले ‘हिन्द–प्रशान्त’ शब्द प्रयोग गरेको छ । ट्रम्प सरकार हिन्द–प्रशान्त रणनीतिलाई आकार दिन र प्रचार गर्न सक्रियतापूर्वक लागिपरेको छ । सन् २०१७ मा भियतनामको दा नाङ सहरमा आयोजित एपेक्स सिईओ शिखर सम्मेलनमा संरा अमेरिकी ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ रणनीति सार्वजनिक गरिएको थियो । त्यही सालको संरा अमेरिकी राष्ट्रिय सुरक्षा कार्यक्रमले हिन्द–प्रशान्त योजना आफ्नो उच्च प्राथमिक विषय भएको उल्लेख छ ।
सन् २०१८ को मे महिनामा वाशिङ्टनले ‘प्रशान्त (प्यासेफिक) कमान्ड’ को नाम ‘संरा अमेरिकी हिन्द–प्रशान्त कमान्ड’ मा बदलियो । प्रशान्त र हिन्द महासागरमा संरा अमेरिकी सैनिक समन्वय बलियो बनाउने हेतुले त्यसप्रकार नाम परिवर्तन गरिएको थियो । त्यसयता संरा अमेरिका, जापान, अस्टे«लिया र भारतबीच विशेषतः राजनीति, अर्थतन्त्र र सुरक्षाको क्षेत्रमा बारम्बार सहकार्य हुँदै आएको छ ।
ट्रम्प सरकारले चीनसँग प्रतिस्पर्धा गर्न र चीन वरपर उसको बढ्दो प्रभाव रोक्न नै हिन्द–प्रशान्त रणनीतिलाई प्रबद्र्धन गरिरहेको हो ।
चीनले हालैका वर्षमा बेल्ट एन्ड रोड परियोजना (बीआरआई), एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) र लानकाङ–मेकोङ सहकार्य परियोजना अघि सारेको छ । आफ्नो प्रभावशाली उपस्थिति रहेको भनिएको एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावले गर्दा संरा अमेरिका आत्तिएको छ ।
त्यसकारण चीनको क्षेत्रीय प्रभाव बिस्तारलाई रोक्न संरा अमेरिका तल्लिन भएर लागेको छ । तर, चीन र संरा अमेरिकाबीचको दुरी क्रमशः कम हुँदै गएको परिस्थितिमा चीनसँग प्रतिस्पर्धाको लागि संरा अमेरिकाको शक्ति मात्र पुग्दो हुने अवस्था छैन । आफ्ना सहयोगी र साझेदार देशहरूलाई पनि यसको निम्ति परिचालन गर्नु उसको बाध्यता बनेको छ ।
संसारको नेतृत्वदायी शक्ति स्थानमा संरा अमेरिकाको ठाउँमा चीनलाई आउन नदिनेमा जापान, भारत र अस्टे«लिया एकमत छन् ।
संरा अमेरिकाले आफ्नो एसिया प्रशान्त रणनीतिलाई हिन्द प्रशान्त रणनीतिमा बिस्तार गर्नुका तीन कारण भएको बताइन्छ । पहिलो, चीनसँगको प्रतिस्पर्धा गर्न एसिया–प्रशान्त क्षेत्रीय मामिलामा भारतलाई पनि तान्न । दोस्रो, चीनको रणनीतिक प्रभावलाई जल र थल दुवैतिर रोक्न ।
तेस्रो, चीनलाई सकेसम्म एक्लो बनाउन संरा अमेरिका क्षेत्रीय संस्थाको विकास गर्न चाहन्छ । तथापि संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिको परिणामको लागि उसको रणनीतिक स्रोत र रणनीतिक चाहनामात्र पुग्दो छैन । बरु उसले जापान, अस्टे«लिया र भारतसहित आफ्ना सहयोगी देशहरूको समर्थनको खाँचो पर्दछ । हिन्द–प्रशान्तको अवधारणालाई इतिहासको कसीमा घोटेर हेर्दा त्यो पुरानो ढाँचामा नयाँ अवधारणा मात्र हो । नयाँ बोटलमा पुरानो रक्सी । सन् २००७ सम्म जापानले संरा अमेरिका, अस्टे«लिया र भारतबीच रणनीतिक मोर्चाबन्दीको लागि प्रस्ताव गर्ने गथ्र्यो । सुरक्षाको मामिलामा चार देशबीच नजिकको सहकार्य गरेका थिए । तर, रणनीतिक हित र स्वार्थको द्वन्द्वका कारण त्यो मोर्चा टुट्यो । वाशिङ्टनले यतिबेला फेरि यस्ता समस्याका गाँठा फुकाउन नसके त्यो इतिहास फेरि पनि दोहोरिनेछ । धेरै चाँडै ।
नेपाललाई पनि संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिमा सामेल गर्न संरा अमेरिका र भारत जोडतोडका साथ लागिरहेका छन् । हिन्द–प्रशान्त कमान्डमा नेपाललाई पनि सामेल बनाउन अमेरिकी विदेश मन्त्रालयले विभिन्न स्तरका अधिकारीलाई नेपाल पठाएर जानकारी गराउन थालेको समाचारस्रोतहरूले बताएका छन् । नेपालका लागि संरा अमेरिकी राजदुत ¥यान्डी बेरीले विभिन्न पत्रपत्रिका र टीभीमा अन्तर्वार्ता दिँदै सो कमान्डमा नेपाललाई सामेल गर्न भरपूर प्रयास गरिरहेको छ । पछिल्लो समयमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको चीन भ्रमणले पनि संरा अमेरिका र भारतलाई नेपालको पक्षधरताप्रति शङ्कालु बनाएको देखिन्छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संरा अमेरिकी विदेशसचिव माइक पम्पेओलाई भेटेर आफ्नो प्रतिबद्धता व्यक्त गर्दा पनि उनीहरूले विश्वास गर्न सकेका छैनन् । यतिबेला अमेरिकी विदेश उपसहायक सचिव डेभिड जे रेन्जले नेपालका विभिन्न व्यक्तिसँग भेटेर आफ्नो कमान्डमा नेपाल रहेको विश्वस्त बन्न खोजिरहेका छन् ।
(ग्लोबल टाइम्समा मे १४ मा प्रकाशित लिङ शेङ्लीको हिन्द–प्रशान्तसम्बन्धी लेखमा आधारित)
Leave a Reply