भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
धनगढी, १० चैत । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले केही दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको गोविन्द गौतमको हत्या घटनाबारे बुधबार स्थलगत रुपमा अध्ययन गरेको छ ।
टोलीले घटनास्थलको निरीक्षण अध्ययन गरी घटनामा सहादत भएका गोविन्द गौतमको परिवारका साथै र घाइते टीकाराम चापागाईँलाईसमेत भेटेको टोलीमा सहभागी सांसद प्यारेलाल रानाले बताउनुभयो ।
पुनर्वासको आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर निधन भएका गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ ।
सांसद धनबहादुर रायमाझीको नेतृत्वमा रहेको टोलीमा सांसद राना, राममाया बोगटी र कमलाकुमारी घिमिरे सुवेदी, सम्मिलित हुनुहुन्छ । संसदीय टोलीले सुरक्षा निकायलगायतसँग छलफल गरी सीमा विवाद, घटनाका कारण लगायतका विषयमा अध्ययन गर्न लागेको सांसद रानाले बताउनुभयो । रासस
Leave a Reply