भर्खरै :

किसान नेता न्याईच्याईको छैटौं स्मृतिसभा

नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समिति भक्तपुरको आयोजनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सल्लाहकार एवं नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य का. ज्ञान बहादुर न्याईच्याईको छैटौं स्मृति सभा शुक्रबार विहान सम्पन्न भयो । कार्यक्रममा नेमकिपा भक्तपुरका अध्यक्ष रमेश थापा श्रेष्ठले पूर्व मेयर किसान नेता ज्ञान बहादुर न्याईच्याई अथक, इमान्दार, कर्तव्यनिष्ट, त्यागी तथा जनताको काममा दिनरात निरन्तर लाग्ने असल जनप्रतिनिधि भएको बताउनुभयो । क्याम्पस जीवन नभएपनि व्यवहारिक अनुभवले खारिएका न्याईच्याई पद र पैसाको पछि नलागेको कारण नेमकिपाको प्रतिष्ठालाई जोगाउने उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो ।
कार्यक्रममा सभापति एवं जिविस भक्तपुरका निर्वाचित सभापति गोविन्द दुवालले नेता न्याईच्याई गरिव जनताको साँचो प्रतिनिधि भएको स्पष्ट पार्दै पार्टीको निर्देशनमा तत्कालीन नगरपञ्चायत र नगरपालिकामा प्रवेश गरी जनताको शिक्षा, स्थास्थ्य, सरसफाईमा नमूना काम गरेको बताउनुभयो । का. न्याईच्याई जनताले बुझ्ने भाषामा भाषण गर्ने, जनतालाई दिएको वचन पूरा गर्ने, लोभलालच नभएको नेता भएकाले उहाँको योगदानलाई सदा स्मरण गरिरहने बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसंघका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवाल, भक्तपुर नगर समितिका गंगाराम ज्याख्व, सूर्यविनायक नगर समितिका राजेन्द्र बखुँछें, चाँगुनारायण नगरसमितिका सुर्य बहादुर फोंजूलगायतले का. न्याईच्याईको देनबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *