अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पोखरा, ५ जेठ । माटाको सहर मुस्ताङको लोमन्थाङको प्रवद्र्धन गर्ने उद्देश्यका साथ जेठ १६ देखि १९ गतेसम्म महोत्सव हुने भएको छ ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा लोमन्थाङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुशील अर्यालले लोमन्थाङको पर्यटकीय महत्वलाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ‘कृषि, खेलकुद, संस्कृति, गुफा, दरबार, प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार’ नाराका साथ आयोजना गर्न लागिएको महोत्सवका सहभागीले त्यहाँस्थित गुफामै बस्ने, खाने र रमाउन पाउने उहाँले बताउनुभयो ।
माटै माटोबाट बनेका प्राचीन शैलीका घर बस्तीका कारण छुट्टै पहिचान बनाएको लोमन्थाङको प्राचीन संस्कृति, याकमा सवार, घोडादौड, होर्तो, तिर हान्ने, बोरा दौडलगायत प्रतियोगिता, मुसा बिरालो दौड, म्हने नाच आदि देखाइने छ । महोत्सव सम्पन्न गर्न गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
Leave a Reply