भर्खरै :

संस्कृतिकर्मी र कला साधकलाई देशले चिन्नुपर्ने

काठमाडौँ, ५ जेठ । ताम्राकार सङ्गीत तालिम केन्द्र, बिनाता कला सदन, मुक्ति सङ्गीत प्रशिक्षण र ख्वप सङ्गीत संस्थानको आयोजनामा भएको ३ महिने गायन, धिमेवादन, बाँसुरीवादन, हार्मोनियमवादन र नृत्य प्रशिक्षणको आइतबार सांस्कृतिक संस्थान जमलमा उद्घाटन गरियो ।
कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले राज्य र स्थानीय तहले सङ्गीत तथा कलाको संरक्षण गर्नुपर्ने बताउनुभयो । देशका आधारभूत आवश्यकता पूरा नभएको अवस्थामा कुनै पनि देश समृद्ध हुन नसक्ने बताउँदै उहाँले संस्कृतिकर्मी र कलासाधकलाई देशले चिन्नुपर्ने विचार राख्नुभयो ।
कला, संस्कृतिको सौन्दर्यबोध गर्नसक्नेहरूको सरकार नहुँदा कलाकार र साधकको राज्यले कदर गर्न नसकेको प्रस्ट पार्दै सांसद गोसाईले काठमाडाँै उपत्यकाका प्राचीन बस्ती ध्वस्त गररे सरकारले कला र संस्कृति मास्ने काम गरिरहेको बताउनुभयो । सरकारलाई सधैँ औँला ठड्याइरहने कलाकार नै वास्तविक कलाकार भएको उहाँको भनाइ थियो ।
“कलाकारले कलाबाट जनताको भावना व्यक्त गर्नुपर्छ ।”, उहाँले भन्नुभयो ।
जनताको भावना प्रदेशसभामा बुलन्द गरिरहेको चर्चा गर्दै सांसद गोसाईले जनताको हितको लागि आफूले लगातार सङ्घर्ष गरिरहने बताउनुभयो ।
कार्यक्रममा संस्कृतिकर्मी गणेशराम लाछी, मुक्ति कला केन्द्रका मुक्तिसुन्दर जधारी, इन्दिरा लाछिमस्यू, गोरखा इको प्यानलका निर्देशक कृष्णभक्त दुवालले पनि सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम बद्रीनारायण ताम्राकारको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *