ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभाको लेखा समितिको आइतबार बसेको बैठकमा सञ्चय कोषका उपप्रमुख अधिकृत भरतराज वस्तीले सुनधारास्थित काठमाडौँ मलको भाडा हाल सञ्चय कोषले प्रत्येक पसलसँग सम्झौता गरी भाडा लिँदै आएको बताउनुभयो ।
हाल सो मलमा सञ्चय कोषले करीब ३०० पसलसँग सम्झौता गरी मासिक रु. एक करोड ३७ लाख भाडा लिँदै आएको छ ।
सांसदहरूले उक्त मलमा ठेकेदारले टेण्डर गर्ने र बीचैमा छोेड्ने गरेको तर्फ चासो राख्दै टेण्डर नगरेको विसं २०७३ माघदेखि विसं २०७५ पुससम्मको अवधिमा ‘द काठमाडौँ मल व्यापार सङ्घ’ का नाममा भाडा लिँदा ठूलो रकम अनियमितता भएको भन्दै छानबिन गर्न माग गर्नुभएको थियो ।
सो अवधिमा ठेकेदारले भाडा दिन नसकेपछि टेण्डर तोडिएको थियो । बैठकमा सांसदहरूले लुम्बिनीको गुरुयोजना कार्यान्वयनको अवस्था, सो क्षेत्रका विहारलाई पर्यटकको बसोबास र होटल प्रयोजनका लागि प्रयोग गर्न दिन नहुनेमा जोड दिँदै दक्षिणा कोष रकम व्यवस्थित गर्न सुझाव दिनुभएको थियो ।
बैठकमा लम्बिनी कोषका कामु सदस्य सचिव सरोज भट्टराईले कोषको बक्यौता फछ्र्यौट विवरण, कोषको कामकारबाहीका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
Leave a Reply