भर्खरै :

चक्काजाम

प्रेम के निडर
बन्द हड्ताल राजनैतिक पार्टीहरूको संस्कारजस्तै भइसकेको थियो । मानिसहरू आजित भएर भन्नथाले,“कुकुर मर्यो भने पनि अब चक्काजाम हुन बेर छैन ।”
अफिस जान भनेर हिँडेका सरोज चढेको बस पनि जाममा फस्यो । लामो जाम देखेपछि सरोजको मनमा चिसो पस्यो, “आज पनि अफिस ढिलो हुने भयो ।” उसले आफूसँगै बसेको यात्रुलाई भन्यो “यो जामले हामीलाई गरी खान नदिने भो । हेर्नोस् यो जामले कतिको जागिर गयो । कतिको ज्यान नै गयो । कतिको जिन्दगी बर्बाद भयो । हामीलाई कहिले सुख नदिने भयो । तैपनि सम्बन्धित पक्षको ध्यान गएको छैन । जहिले पनि जाम जाम । “आज ट्राफिक जाममात्र होइनजस्तो लाग्छ ।” सँगैको मान्छेले भन्यो । “खै कसरी भनौँ ? लामो जाम देख्दा मलाई पनि ट्राफिक जाम हैनजस्तो लाग्यो ।” सरोजले पनि शङ्का व्यक्त ग¥यो ।
सरोज बसेको सीटसँगै उभिएको यात्रु पनि आतिएको देखियो । घडी हेर्दै बर्बराउन थाल्यो,“सधैं यस्तो जाम हँुदा पनि सरकारमा बस्ने मानिसहरू आँखै नभएको जस्तो तुलुतुलु हेरिरहेका छन् । न त ट्राफिकहरूले यसबारे कुनै उपाय सोचेका छन् । बाटो उही छ कमिसनको लोभले गाडी भित्राउन छोडेका छैनन् ।” त्यस यात्रुको जोशिलो कुराले बसका अरु यात्रुको मन तान्यो र उसलाई हे¥यो । सरोजलाई पनि त्यस यात्रुको कुरा सही लाग्यो । गाडीबाट यात्रुहरू भताभत ओर्लेर हिँडन् थाले । ट्राफिक जाम जस्तो नलागेर सरोज पनि गाडीबाट ओर्लेर नाराविहिन जुलुसमा समाहित भयो । सबै आफनो गन्तव्यमा पुग्न हतार देखिन्थ्यो । हतारले तँछाड मछाड गरेर हिँड्न लागेजस्तै सरोज पनि त्यस हारजीत नभएको प्रतिस्पर्धामा धेरैलाई पछाडि पारेर अगाडि बढ्यो र त्यस जामको मुख्य बिन्दुनजिक पुग्यो ।
सधैँ ट्राफिक जाम गरेर सबैलाई दुःख दिने गरिरहेको त्यही ठाउँहो । जहाँ आज गाडीको कारणले नभई एउटा राजनैतिक पार्टीको धर्नाको कारणले भएको थियो । नाराले गुञ्जयमान त्यस ठाउँमा धैरै राजनैतिक कार्यकर्ताहरूको उपस्थिति थियो । टाढाबाट अस्पष्ट र आश्चर्यचकित अजिम्मेवारी पूर्ण लागेको नारा नजिक पुगेपछि सरोज जिल्ल परे । देशका जिम्मेवार राजनैतिक पार्टीको घृणित काम । एकजना डाँकाको रिहाइको लागि सरकारमा रहेको पार्टी दिलोज्यानले लागेर चक्काजाम गरिरहेको देखेपछि बाटोमा हिँडेका सर्वसाधारण मान्छेहरू पनि धिक्कार भन्दै गइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *