भर्खरै :

संविधान संशोधन पारित गर्न संसद अधिवेशन लम्ब्याइँदैछ– बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले संविधान संशोधन प्रस्ताव पारित गर्न व्यवस्थापिका–संसदको चालु हिउँदे अधिवेशन लम्ब्याइएको हुनसक्ने बताउनुभएको छ ।
आइतबार आफ्नो निवास कमलबिनायक, भक्तपुरमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले तीन शासक दलहरु आफ्नो इच्छामा भन्दा आफ्नो मालिकको आदेशमा संशोधन पारित गर्नमा लागेका बताउनुभयो । उहाँले भन्नुभयो,‘दासहरुको कुनै इच्छा हुने गर्दैन । मालिकको इच्छा नै दासको इच्छा हुने गर्दछ ।’
भारतीय शासक वर्गकै इच्छाअनुसार संविधान संशोधन पारित गराउनमा तीन शासक दलहरु लागेको उहाँको संकेत थियो ।
बिनॉबिजिनेशन’को अधिवेशन लम्ब्याउनुको अर्को कुनै लक्ष्य नभई थ्रेसहोल्डको प्रावधान पारित गरेजस्तै अचानक बिना कुनै छलफल संविधान संशोधन पारित गर्न सक्नेमा उहाँको जोड थियो ।

‘दासहरुको कुनै इच्छा हुने गर्दैन । मालिकको इच्छा नै दासको इच्छा हुने गर्दछ ।’

संसदमा आफूले गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने र नेपाली युवाहरुलाई भाडाका सिपाही हुनबाट रोक्नु पर्ने धारणा राख्दा तात्कालीन संसदमा रहेका एक जना भूतपूर्व सैनिक सांसदले जवाफमा ५ प्रतिशत थ्रेसहोल्डको प्रस्ताव पहिलो पटक ल्याएको स्मरण गर्दै अध्यक्ष बिजुक्छेंले शासक दलहरुले थ्रेसहोल्ड लगाएर नेमकिपालाई दबाउन खोजे पनि जनताको पक्षमा संघर्ष गर्न नेमकिपाले नछोड्ने बताउनुभयो ।
‘शासक दलहरु देशमा तानाशाही शासन चलाउन उद्दत्त छन् । शासक दलका नेताहरु आज निर्वाचित राजाहरु जस्तो व्यवहार गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
थ्रेसहोल्ड भारतीय र युरोपेली शक्तिहरुको इसारामा थोपरिएको उहाँको भनाई थियो ।
अध्यक्ष बिजुक्छेंले दलहरुले आफूले पाएको मतका आधारमा राज्यकोषबाट पैसा पाउने व्यवस्था देश र जनताको हितमा नभएको बताउनुभयो । ‘कुनै पनि दलको विचार–सिद्धान्तमा सहमत जनताले त्यो दललाई मतदान गर्ने हो । तर त्यही मतपरिणामको आधारमा राज्यकोषबाट पैसा बाँड्नु भ्रष्टाचार हो । राज्यकोषको दुरुपयोग हो ।’उहाँले भन्नुभयो ।

‘शासक दलहरु देशमा तानाशाही शासन चलाउन उद्दत्त छन् । शासक दलका नेताहरु आज निर्वाचित राजाहरु जस्तो व्यवहार गरिरहेका छन्’

उहाँले तीन शासक दलहरु मिलेर संयुक्त सरकार बन्ने सक्ने सम्भावनालाई नकार्न नसकिने बताउनुभयो । ‘थ्रेसहोल्ड पारित गर्दा जसरी तीन दल एकै ठाउँमा आए, संविधान संशोधन प्रस्ताव पारित गर्न तिनको संयुक्त सरकार बन्न सक्दछ’, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *