बाहिरी झिलिमिलीभन्दा पनि भित्री गुणलाई सुन्दरता मान्नुपर्ने
- भाद्र १७, २०८३
भक्तपुर, १४ चैत । जिल्ला अदालत भक्तपुरले हालै प्रकाशित गरेको नतिजाअनुसार लेखापढी व्यवसायी परीक्षा उत्तीर्ण लेखापढी व्यवसायीलाई कानुन अध्ययन समाज नेपाल, भक्तपुरले सोमबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
लेखापढी व्यवसायी समाजलगायत विभिन्न संस्थाले दिएको लेखापढी प्रशिक्षणमा सफल भएका लेखापढी व्यवसायीबीच बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको दृष्टिकोण एउटै भएको धारणा राख्नुभयो ।
शासक पार्टीहरूले निजीकरणबारे ती पार्टीहरूको एउटै दृष्टिकोण रहेको उल्लेख गर्दै स्थानीय निकायको निर्वाचन नहुँदा विकासमा ढिलाइ भएको हो ।
उहाँले शासक पार्टीहरूले निजीकरणबारे ती पार्टीहरूको एउटै दृष्टिकोण रहेको उल्लेख गर्दै स्थानीय निकायको निर्वाचन नहुँदा विकासमा ढिलाइ भएको विचार राख्नुभयो । अध्यक्ष रोहितले नेमकिपाले सांस्कृतिक सम्पदाहरू जोगाउन कला–संस्कृति विधेयक पेश गरेको उल्लेख गर्दै विधेयकमा पारित भएको भए उपत्यका बाहिरका नागरिकले काठमाडौंमा घरजग्गा खरिद गर्न नपाउनेहुन्थ्यो भन्नुभयो । उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थामा कलासंस्कृतिको संरक्षण हुन्थ्यो, बागमती आजको जस्तो फोहर हुँदैनथ्यो, खानेपानी हाकाकार हुँदैनथ्यो ।’
नेमकिपाका केन्द्रीय सचिव एवं कानुन अध्ययन समाज नेपालका संस्थापक अध्यक्ष सुनिल प्रजापतिले हालै पारित थ्रेसहोल्ड विधेयक अप्रजान्त्रिक भएको भन्दै कानुनले विचारलाई रोक्न नसक्ने धारणा राख्नुभयो । उहाँले पार्टी प्रतिबन्धित भएको बेला पनि भित्रभित्र सङ्गठनको काम हुन्थ्यो भन्दै नेमकिपाले संसदमा मुख्य प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
वैदेशिक हस्तक्षेपको विरोध र ठूला दलहरूको सत्ता भागवण्डा र बेइमानीको विरोध गर्न नरोकिने स्पष्ट पार्दै उहाँले देशको नयाँ नयाँ कानुनको अध्ययन गरी सचेत रहनुपर्ने बताउनुभयो ।
जिल्ला अदालत भक्तपुरका श्रेष्टेदार हरिकृष्ण श्रेष्ठले लेखापढी व्यवसायीका लागि महत्वपूर्ण सुझावहरू दिनुभयो ।
अधिवक्ता राधेश्याम सुवालको अध्यक्षतामा भएको सभामा अधिवक्ताहरू रामप्रसाद प्रजापति, अनिता जधारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा लेखापढी तालिममा प्रशिक्षण दिने प्रशिक्षकहरूलाई प्रमुख अतिथि बिजुक्छेले प्रशंसापत्र वितरण गर्नुभयो ।
Leave a Reply