माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
चाओ मिङहाओ
संरा अमेरिकाको ट्रम्प सरकारले आर्थिक र व्यापार क्षेत्रमा दबाब बढाए पनि चीनले भने आफ्नो धैर्य कायम राखेको छ ।
संरा अमेरिकी सरकारले चिनियाँ उत्पादनमाथि करको दर अझ बिस्तार र कस्सिलो बनाएको छ । ‘प्राविधिक शीतयुद्ध’ को चर्चा पनि व्यापक बनेको छ । यस्तो परिस्थितिमा चीन र संरा अमेरिकाबीच कुनै प्रकारको सहमति हुने सम्भावना क्रमशः क्षीण बन्दै गएको छ ।
चीन–संरा अमेरिका व्यापार विवाद समाधान हुने सम्भावना क्रमशः साँघुरो बन्दै गएको कुरा निर्विवाद छ । अर्को महिनाको अन्त्यमा चीन र संरा अमेरिकाका राष्ट्रप्रमुखहरू जापानको ओसाकामा हुने जी २० को शिखर सम्मेलनमा सहभागी बन्दै छन् । सो सम्मेलनअघि चीन–संरा अमेरिका व्यापार सम्झौताले सही बाटो लिन नसके दुवै देश र समग्र संसारकै अर्थतन्त्रमा चर्को दबाब पर्नेछ ।
राष्ट्रपति ट्रम्पले चिनियाँ उत्पादनमाथि गरेको कर वृद्धिले संरा अमेरिकाले हासिल गरेका फाइदाबारे अतिरञ्जनापूर्ण चर्चा परिचर्चा गरिरहेका छन् । तर, यथार्थमा त्यसले संरा अमेरिकी अर्थतन्त्र, विशेषतः अमेरिकाका सर्वसाधारण जनताले निकै क्षति भोगिरहनुपरेको छ । सीएनबीएस नामको एउटा च्यानलले प्रसारण गरेको समाचारअनुसार बोस्टन सङ्घीय बैङ्कका सभापति इरिक रोजेनग्रेनले हालै संसारका दुई ठूला अर्थतन्त्रबीच चालु द्वन्द्व ‘अवनतितर्फ धकेलिने प्रमुख खतरा’ भएको बताए । चीनसँग व्यापार विवादलाई ट्रम्प सरकारले अझ फराकिलो बनाउँदै लगे अमेरिकी जनताले ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यसबारे संरा अमेरिकी खुद्रा व्यापार कम्पनीहरू जस्तै वाल मार्ट र मेकीले संरा अमेरिकी सरकारलाई खबरदारी गरिसकेका छन् । न्यु योर्क फेड नामको एक अनुसन्धान संस्थाले हालै गरेको एक अध्ययनले संरा अमेरिकी वस्तुमाथि चीनले थोपरेको पछिल्लो चरणको कर वृद्धिले अमेरिकाको प्रतिपरिवारमा वार्षिक औसत ८३१ अमेरिकी डलरको थप भार पर्ने देखाएको छ ।
ट्रम्प सरकारले चीनसँग गरेको व्यापार युद्धको संरा अमेरिकी भटमास निर्यात सङ्गठनजस्ता कृषि संस्थाहरूले पनि विरोध गरेका छन् । ट्रम्पले आफ्नो मतदाता रिझाउन ह्वाइट हाउसबाट संरा अमेरिकी कृषकहरूलाई १६ अर्ब अमेरिकी डलर बराबरको सहायता घोषणा गरे । चीनमाथि कर वृद्धि गरेर संरा अमेरिकी सरकारले हासिल गर्ने उपलब्धिभन्दा यो रकम निकै धेरै हो । किसानलाई दिइने सहयोग रकमको पहिलो किस्ता जुलाई वा अगस्टमा निकासा गरिनेछ । तर, बाँकी निकासा ग्रीष्मयामको अन्तिमतिर र अर्को वर्षमात्र दिइनेछ ।
त्यति अनुदान दिएर पनि संरा अमेरिकी भटमास उत्पादक किसानको मनमा शान्ति छैन । उनीहरूको मनमा चिनियाँ बजार सधैंको लागि गुम्ने पिरलो छ । चिनियाँ बजार सधैंको लागि गुमाउने अवस्थामा समस्या अझ विकराल हुनेछ । सरकारको उच्च अनुदानले किसानलाई अझ बढी भटमास उत्पादन गर्न उत्साहित गर्नेछ । तर, त्यसले अतिरिक्त उत्पादनकै समस्यामा मात्र बल्झाउनेछ । अर्को चिन्ताजनक विषय भनेको ट्रम्प सरकारले थालेको ‘प्राविधिक शीतयुद्ध’ हो । ‘प्राविधिक शीतयुद्ध’ ले हुवावेजस्ता धेरै चिनियाँ कम्पनीहरूलाई निशाना बनाएको छ । ट्रम्पलाई घर–जग्गा कारोबार र स्टील कारखानाबारे राम्रो जानकारी होला । तर, उनलाई सिलिकन उपत्यकाका उच्च प्राविधिक उद्योगबारे कमै मात्र जानकारी भएको देखिन्छ । विश्वव्यापी प्रविधि आपूर्ति सञ्जाललाई भत्ताभुङ बनाए यसको क्षति संरा अमेरिकाले नराम्ररी व्यहोर्नुपर्नेछ ।
हुवावेले सामना गरिरहेको अभूतपूर्व दबाबका कारण विद्युतीय चिप्स उत्पादन गर्ने संरा अमेरिकी कम्पनीहरू पनि नराम्ररी प्रभावित बनेका छन् । ब्लुमवर्ग नामको सञ्चारमाध्यमका अनुसार संरा अमेरिकी वाणिज्य विभागमा बुझाइएको एउटा लिखित पत्रमा माइक्रोसफ्टले ट्रम्प सरकारद्वारा प्रस्तावित निषेधले अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यबाट संरा अमेरिकालाई अलग बनाउने खतरा बढेको भनी सावधानी गरेको छ । त्यस्तो अवस्थाले संरा अमेरिकालाई धेरै प्रविधिको विकासमा पछि पार्ने उसको भनाइ हो । यो विषयमा संरा अमेरिकी सरकार गम्भीर नभए नयाँ परिस्थितिले ‘संरा अमेरिकी हितमा आघात पुग्न सक्ने’ बताइएको छ ।
सूचना प्रविधि र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष रोबर्ट डी. अट्किनसनले हालै ‘संरा अमेरिकी प्रविधि निर्यात चिनियाँ कम्पनीमा मात्र सीमित हुनु खतरनाक हुने’ बताएका थिए । “संरा अमेरिकी प्रविधिको निर्यात सीमित हुँदा संरा अमेरिकाको उत्पादन र रोजगारीमा असर गर्नेछ । त्यसले संरा अमेरिकी प्रतिस्पर्धा क्षमता र प्राविधिक स्वाधीनतामा दखल पुग्नेछ ।” उनले भने ।
विरोधाभासपूर्ण कुरा के हो भने चीनसँग व्यापार युद्ध बढाएर ट्रम्प सरकारले संरा अमेरिकी व्यापार घटाउने छैन न त संरा अमेरिकी कम्पनीलाई स्वदेश नै फर्काउनेछ । अमेरिकाको व्यापार घाटा चीनबाट अरु देशतिर सर्नेमात्र हो । उदाहरणको लागि, संरा अमेरिकामा भियतनामी सामानको निर्यात बढेको छ । सन् २०१९ को पहिलो तीन महिनामा संरा अमेरिकासँग भियतनामको व्यापार फाइदा ४५.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको पहिलो तीन महिनामा संरा अमेरिकासँग भियतनामको व्यापार फाइदा १३ अर्ब ४० करोड अमेरिकी डलर बराबर बढेको छ ।
औद्योगिक चक्रमा रूपान्तरण ट्रम्प र उनका आक्रामक सल्लाहकारहरूले सोचेजस्तो सरल विषय होइन । अमेरिकी उद्योग वाणिज्य सङ्घले हालै गरेको एक सर्वेक्षणले संरा अमेरिकी करवृद्धिले त्यहींका कम्पनीलाई स्वदेश फिर्ता हुन उत्साहित गरेको छैन । चीनमा स्थानान्तरण भएका ४० प्रतिशत अमेरिकी कम्पनीहरू मात्र दक्षिणपूर्वी एसिया र मेक्सिकोमा स्थानान्तरण हुनेबारे अझै सोचिरहेको पाइएको छ ।
एक्लो जिद्दीमा ट्रम्प सरकारले थालेको व्यापार युद्धले कसैलाई फाइदा पु¥याउनेछैन । बरु चीनसँग मिलेर समाधान गर्नुपर्ने कतिपय समस्या सुल्झाउने अवसरमात्र संरा अमेरिकाले गुमाइरहेको छ । चीन–संरा अमेरिकाबीच आर्थिक र व्यापार वार्ता पूर्ण रूपमा बन्द भएको अवस्थाले कूटनीतिक र सुरक्षा क्षेत्रमा चीन र संरा अमेरिकाबीच नयाँ समस्या सिर्जना गर्नेछ ।
ट्रम्प सरकारले संसारभर धेरै शत्रु कमाइसकेको छ । मध्यपूर्व र ल्याटिन अमेरिकामा दिशाहीन सङ्कट उछालेर उसले ठूलो गल्ती गरिसकेको छ । यस्तो अवस्थाले आगामी सन् २०२० मा हुने निर्वाचनमा ट्रम्पलाई सफलता मिल्न गा¥हो हुनेछ । निसन्देह चीन र संरा अमेरिकाबीचको सम्बन्ध समस्याग्रस्त बनाएर संरा अमेरिका फेरि महान देश बन्न सक्दैन ।
(लेखक चारहर प्रतिष्ठानका वरिष्ठ अनुसन्धाता र चीनको रेनमिन विश्वविद्यालयअन्तर्गत चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानसँग सम्बद्ध हुनुुुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
अनुवादः सुशिला
Leave a Reply