अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी सुझाव सङ्कलन गर्ने क्रममा शुक्रबार भक्तपुरका बुद्धिजीवीहरूसँग सुझाव सङ्कलन गरियो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षण र विकास निर्माण कार्यमा विदेशीहरूको सहयोगलाई भन्दा सरकारबाट प्राप्त अनुदान र नगरपालिकाको स्रोत सदुपयोग गर्दै आइरहेको बताउनुभयो ।
आर्थिक वर्ष २०७६÷७७ को बजेटलाई नगर र नगरवासीहरूको अधिकत्तम हितमा प्रयोग गर्न आवश्यक राय–सुझावको अपेक्षा गरेको बताउँदै प्रमुख प्रजापतिले बुद्धिजीवीहरूको रचनात्मक आलोचनालाई आत्मसात गर्दै अगाडि बढ्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनतालक्षित बजेट विनियोजन गर्न जनताको राय–सुझावलाई प्राथमिकतामा राखी बजेट तर्जुमा गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले यहाँका सम्पदा संरक्षण र अनुसन्धानलाई जोड दिइरहेको बताउँदै उहाँले लगनखेलको न्हुपुखु पुनःनिर्माणमा भक्तपुरले प्राविधिक सहयोग गरिरहेको जानकारी गराउनुुभयो ।
कार्यक्रममा बुद्धिजीवीहरूले मौलिक नेवारी सांस्कृतिक गतिविधिमा आधारित पर्यटनको विकास गर्नुपर्ने, भक्तपुरको मौलिक वनस्पतिहरू धनेचा स्वं र मु स्वंसम्बन्धी अध्ययन अनुसन्धान गरी व्यवसायिक खेती गर्नुपर्ने, ईसीडी लक्षित शैक्षिक कार्यक्रम बनाउनुपर्ने, नगरमा जलक्रिडाजस्ता मनोरञ्जनात्मक गतिविधि विकास गरी पर्यटनलाई टेवा पु¥याउनुपर्ने, नगरका विशिष्ट सांस्कृतिक विशेषताहरूको संरक्षण गर्नुपर्ने, पुस्तौँ पुराना सांस्कृतिक परम्परालाई संरक्षण गर्नुपर्ने, स्वच्छ खानेपानी व्यवस्था गर्न प्रशोधन केन्द्र सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै उहाँहरूले परम्परागत सीप र उत्पादनको प्रदर्शनीको व्यवस्था गर्नुपर्ने, कडा रोग लागेका बिरामीलाई प्रदान गरिने आर्थिक सहयोग वृद्धि गर्नुपर्ने, भक्तपुर नगरको सिमानाहरूको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, नगर प्रवेश गर्ने उकालो बाटोहरूमा ढुङ्गा छपाइ गर्नुपर्ने, भुस्याहा कुकुर व्यवस्थापन गर्नुपर्ने, नगर क्षेत्रका पर्यटक र सार्वजनिक शौचालयहरूमा विशेष सरसफाइ गर्नुपर्ने, अभिभावक शिक्षालाई जोड दिनुपर्ने, नियमित सांस्कृतिक प्रदर्शनीको व्यवस्था गर्नुपर्ने, ऐतिहासिक सङ्ग्रहालय स्थापना गर्नुपर्ने, विषादी प्रयोग भएका फलफूलको परीक्षण गर्नुपर्ने, घरदैलो स्वास्थ्य कार्यक्रम प्रभावकारी बनाउनुपर्ने, स्थानीय पाठ्यक्रममार्फत नैतिक र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
Leave a Reply