भर्खरै :

डेस्टिनेशन २०१६ को आयोजनामा मार्गनिर्देशन कार्यक्रम

भक्तपुर, १९ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिईबसेका विद्यार्थीहरुलाई लक्षित गरी डेस्टिनेशन २०१६ को आयोजनामा शनिबार ख्वप ईन्जिनियर कलेजमा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, डिप्लोमा नर्सिङ, ओभरसियर, कानुन, कलाकारिता लगायतका विषयहरुमा जानकार व्यक्तित्वहरुबाट मार्ग निर्देश गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेक्राविसंघका केन्द्रीय सदस्य रमेश प्रजापतिले परीक्षाको नाम फेरिए पनि पाठ्यक्रममा कुनै परिवर्तन नभएको बताउनुभयो । उहाँले अधिकांश विद्यार्थीहरु यही समयमा गलत बाटोमा लाग्ने गरेको बताउँदै आफ्नो उज्वल भविष्यको निम्ति सतर्क भएर पाइला चाल्न भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष श्रीजला प्रजापतिले उपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्दै डेस्टिनेशनले विभिन्न समयमा विद्यार्थीहरुलाई लक्षित गर्दै कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *