लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाण्डौ, १९ चैत । नेपाल मजदुर किसान पार्टीको २६ औं केन्द्रीय परिषद् शनिबारबाट शुरु भएको छ । परिषद्को शुभारम्भमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले कुनै खालका थ्रेसहोल्डको गोली नेमकिपालाई नलाग्ने बताउनुभएको छ ।
‘थ्रेसहोल्डको मतसीमा लगाएर नेमकिपालाई नियन्त्रण गर्न खोजिएको हो । यो कानुनी बन्दोबस्त हामीप्रति लक्षित छ । तर यो गोली नेमकिपालाई लाग्दैन । हामी अझ आक्रामक रुपमा जनताका बीचमा जानेछौं’, अध्यक्ष रोहितले भन्नुभयो ।

विभिन्न पश्चिमा देशहरुको उदाहरण प्रस्तुत गरी नेपालमा पनि मतसीमा लागु गर्नु गलत भएको उहा“को विचार थियो । उहा“ले शताब्दी लामो गणतन्त्र र प्रजातन्त्रको इतिहास भएका, नेपालको तुलनामा धेरै प्रतिव्यक्ति आय भएका, जनताको चेतनास्तर र जीवनस्तर निकै माथि भएका देशहरुमा लागु भएको भन्दै नेपालमा पनि मत सीमा लागु गर्नु हात्तीले रुखमा स्याउला खाए भन्दै मान्छेले पनि त्यही खा“दै हिड्नुजस्तै हुने बताउनुभयो ।
‘नेपालमा एक जोर लुगाको भरमा मतदान गर्ने जनता छन् । अनि यस्तो परिस्थितिमा मत सीमा लागु गर्दा कस्तो परिणाम होला ?’, बिजुक्छेंले भन्नुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै उहा“ले काङ्ग्रेस, एमाले र माओवादी अलग–अलग भएर पनि तिनमा तात्विक अन्तर नभएको बताउनुभयो ।
भारतले मधेसवादी दलहरुलाई अघि सारेर नेपालका शासक दलहरुलाई भारतीय पूंजीको सेवामा बार्गेनिङ गर्न खोजेको उहा“को विश्लेषण थियो ।
समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले बेलायतीले युरोपमा आफ्नो विगतदेखिको हालीमुहाली छोड्न नसक्दा युरोपेली संघ छोड्न चाहेको तर युरोपेली संकट अझै समाधान नहुने बताउनुभयो ।
संरा अमेरिकाले दोस्रो विश्वयुद्धपश्चात आफ्नो भौतिक पूर्वाधार मर्मत सम्भार गर्न नसकेको र त्यसले अमेरिकी साम्राज्यवादको पतनमा महत्वपूर्ण भूमिका खेल्दै गरेको उहा“को भनाई छ ।
परिषद्मा विभिन्न जनवर्गीय संगठनहरु, जिल्ला समिति र केन्द्रीय सदस्यहरुको प्रतिवेदन वाचन गर्ने क्रम चालु छ । परिषद् आइतबारसम्म चालु रहनेछ ।
Leave a Reply