महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, २१ असार । नेपाल क्रान्तिकारी किसान सङ्घका अग्रज कार्यकर्ता नारायणभक्त लागेजूको ७४ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि आमाशय क्यान्सरबाट पीडित लागेजू भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि भर्ना हुनुभएको थियो । चिकित्सकको सल्लाहअनुसार उहाँलाई परिवारले शुक्रबार घरमा ल्याएपछि निधन भएको हो ।
पिता कृष्णबहादुर र आमा मिश्रीमाया लागेजूका जेठा छोरा नारायणभक्त लागेजूका श्रीमती नानीबेटी लागेजू र श्यामलाल, रामबहादुर, दीपक, प्रकाश, जयरामसमेत पाँच छोराहरूको भएकोमा जेठो छोरा श्यामलाल र काइंलो छोरा प्रकाशको निधन भइसकेको छ ।
दिवङ्गत नारायणभक्त लागेजू सुरुदेखि नै नेपाल मजदुर किसान पार्टीमा आबद्ध भई पार्टीको मार्गनिर्देशन अनुसार निरन्तर लाग्दै आउनुभएको थियो । उहाँको पार्थिव शरीर नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजू र नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरका अध्यक्ष गोविन्द दुवालले नेक्राकिसङ्घको झण्डा ओढाई सम्मान प्रकट गर्नुभयो ।
Leave a Reply