भर्खरै :

कोपा अमेरिकाको उपाधि ब्राजिललाई

एजेन्सी । ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो ।
प्रतियोगितामा अन्डरडग टिमको पहिचान बनाउँदै ४४ बर्षपछि फाईनल पुगेको पेरु उपाधि जित्नबाट बञ्चितनै रह्यो ।
ब्राजिललाई १२ बर्षपछि कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि ब्राजिलले फाईनल खेलमा सहज जित दर्ता गरेको हो ।
खेलको १५ औ मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । बायाँबाट जिससकाे उपलब्ध गराएकाे क्रसलाई साेरेसले पाेस्टकाे दिशा दिएका थिए ।
पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए । ब्राजिली डिफेन्डर थिएगाे शिल्भाले ट्याकल गर्ने समय बलले उनकाे हातलाइ छाेएपछि पेरुले पेनाल्टीकाे अवसर पाएकाे थियाे ।
तर पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को स्थितीमा पुर्याएका थिए । डिबक्सभित्र खाली रहेका जिससले सहजै गर्न सफल रहेका थिए ।
७० औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । तर खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *