बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विदेशी कम्पनीको जिम्मा लगाउने तयारी थालेको छ । निगमले एयरलाइन्स व्यवस्थापनको जिम्मेवारीको लागि विश्वव्यापी टेन्डर आह्वान गरेको हो । निगमको वर्तमान व्यवस्थापन चुस्त दुरुस्त नभएको भन्दै उसले यस्तो निर्णय गरेको हो । निगम व्यवस्थापनमा चुस्तता ल्याउने नाममा सरकारले विदेशी कम्पनी गुहार्नु आफ्नै क्षमताप्रतिको अविश्वास हो । व्यवस्थापन चुस्त नबनेकोले निगमको व्यवस्थापन विदेशी कम्पनीको हातमा सुम्पिने यो निर्णय आगामी दिन राज्यका अन्य निकाय र संस्था पनि क्रमशः त्यही बहानामा विदेशी कम्पनीलाई सुम्पिने नजिर बन्दै जानेछ । समयान्तरमा सिंहदरबारको व्यवस्थापन पनि यही कारणले कुनै निजी वा विदेशी कम्पनीलाई जिम्मा लगाउने मार्गप्रशस्त सरकारी स्वामित्वको यो निर्णयले गरेको छ ।
एकपछि अर्को सरकारी निकायलाई असफल पार्ने र त्यही बहानामा निजी विदेशी पुँजीलाई प्रश्रय दिने यस्तो बन्दोबस्त नवउदारवादको मूलआन्तर्य हो । नवउदारवादी बन्दोबस्तमा राज्यसत्ता सधैं ठेक्कामा चलेको हुन्छ । राज्यका सबै काम नै निजी क्षेत्रलाई ठेक्कामा जिम्मा लगाउनुपर्छ भन्ने सिद्धान्त नै रेगनोमिक्स र थ्याचरवादको मूल आशय हो । निगमको व्यवस्थापनको जिम्मेवारी विदेशी कम्पनीलाई सुम्पिने सरकारको तयारी यही अर्थचिन्तनको उत्पादन हो ।
विदेशी ज्ञानबाट देशको सेवा गर्नुपर्नेमा विमति छैन । तर, विदेशी अनुभवबाट सिक्नु र विदेशीलाई नै देशभित्र बोलाएर व्यवस्थापनको जिम्मेवारी दिनु भिन्न भिन्न कुरा हुन् । नेपाल सरकारले निगमको व्यवस्थापन विदेशी कम्पनीलाई जिम्मेवारी दिएर नेपाली जनतालाई माछा मार्न होइन, माछा माग्न सिकाउने छ ।
विमान कम्पनी सुरक्षा रणनीतिसँग प्रत्यक्षरूपमा जोडिएको विषय हो । विमान कम्पनी सरल व्यापारको विषयमात्र होइन । वायुसेवा निगम नेपालको सरकारी वायु सेवा हो । यसको व्यवस्थापनको जिम्मेवारी विदेशी कम्पनीलाई दिनुको अर्थ सरकारले नेपालको सुरक्षा रणनीतिमा खेलाँची गर्नु हो ।
शासक दलहरूले सरकारी निकायमा आफूखुसी आप्mना मान्छे भर्ती गर्दा आज सबैजसो सरकारी निकाय अस्तव्यस्त छन् । शासक दलले भर्ती गरेका कर्मचारी नै सरकारी निकायमा अव्यवस्थाका मूल जरा हुन् । शासक दल आज आफ्ना कमजोरी छोप्न विदेशी कम्पनीको सहारा लिन खोजिरहेका छन् । मूल समस्याको उपचार नगरी आवरणमा समाधान गर्ने प्रवृत्तिले केही समय समस्या समाधान भएजस्तो देखिए तापनि पनि आन्तर्यमा समस्या समाधान भएको हुँदैन ।
निगमको समस्या व्यवस्थापनभन्दा पनि देशको भ्रष्ट राजनीति हो । राजनीतिकै जरामा पलाएको कीरा नै निगम भद्रगोल हुनुको मूल कारण हो । शासक दलले आफूले गरेका गल्ती नसच्याए विदेशी कम्पनीको जिम्मा लगाए पनि निगम र अन्य सरकारी निकायका मूल समस्या समाधान हुने छैन ।
विदेशी कम्पनीलाई जिम्मा लगाउनुको सट्टा विदेशी अनुभवबाट नेपाली युवाहरूलाई दीक्षित गरी नेपाली जनशक्तिबाट नै यसको उपयुक्त व्यवस्थापन गर्नसके देशको दीर्घकालसम्म हित हुने छ ।
Leave a Reply