मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडौँ, ९ साउन । वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरूद्ध भएका छन् । डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरूद्ध छन् ।
निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरूद्ध भएको छ । सो सडक अहिले बगुवाबाट प्युटारसम्म अवरूद्ध रहेको महानगरीय प्रहरीवृत्त चापागाउँले जनाएको छ । बिहीबारसम्म चापागाउँबाट टीकाभैरव उता सवारी साधन चल्न नसकेको महानगरीय प्रहरीवृत्त चापागाउँका प्रमुख (प्रहरी नायब उपरीक्षक) रामकृष्ण सापकोटाले बताउनुभयो । बिहीबार बिहान धेरै ठाउँमा गएको पहिरो हटाइएको उहाँले बताउनुभयो ।
“पहिलेको वर्षाका कारण अवरूद्ध सडक गत साता धेरै ठाउँमा खुलाइएको थियो । यो साताको वर्षाले सडक थप अवरूद्ध भएको छ । वर्षा पूरै नरोकिँदासम्म पहिरो पूरै खुलाउन गा¥हो हुने छ । कतै खुलाउँदै गर्दा अर्कातिर पहिरो गएर सडक अवरूद्ध भइरहेको छ ।” उहाँले भन्नुभयो ।
ललितपुरको गोदावरीदेखि फूलचोकीसम्मको सडक माथिबाट आएको पहिरोका कारण गत असार २८ देखि अवरूद्ध छ । हाल सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा बन्द रहेको सडक विभागले जनाएको छ । सातदोबाटो–धापाखेल सडक गत ३० असारमा भासिएको थियो । दुई लेनको सडक अहिले एक लेन सञ्चालनमा छ भने एउटा लेन अवरूद्ध छ । छम्पी–टीकाभैरव सडक माथिबाट आएको पहिराकै कारण झन्डै दुई सातादेखि अवरूद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरूद्ध छ ।
लहानको ५४ किमि लम्बाइको मिरचैया कटारी घुर्मी सडक दुई साता पहिले नै पहिरोले बगाएको थियो । हाल सो सडक अवरूद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । सो सडकको नयाँ ट्र्याक खोल्ने तयारी भइरहेको छ । यातायात सञ्चालन हुन अझै पाँच दिन लाग्ने विभागले जनाएको छ । उहाँले भन्नुभयो, “अहिले अवरूद्ध सडकमध्ये सबैभन्दा बढी समस्या यही सडकमा रहेको छ ।”
त्यस्तै रूकुमको भेरी करिडोरको पिपे भन्ने ठाउँमा पहिरो जाँदा त्यहाँको सडक अवरूद्ध रहेको छ । पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक खोलिने विभागले जनाएको छ । सुर्खेत जिल्लाको तल्लो ढुङ्गेश्वर सिपाकोट चेनेजमा आठ किमी सडक पहिरोकै कारण हाल सो सडक अवरूद्ध छ । सडकको ५० मिटर क्षेत्रमा मात्रै वारपार गर्नसक्ने अवस्था छ । पूर्णरूपले सडक खुल्न दुई दिन लाग्ने सडक विभागले जनाएको छ ।
पुष्पलाल राजमार्गअन्तर्गत रूकुमपूर्वको जिल्लाको रूकुमकोटमा गएको पहिरोका कारण त्यहाँको सडक अवरूद्ध छ । त्यस्तै रेलीखोला पुलको डात्र्सनमा क्षति पुगेको विभागले जनाएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले पहिरो आएसँगै खुलाउने काम भइरहेको बताउनुभयो । सङ्घीय सरकारको अधिकार क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्गमा विभागले सडक खुलाउने काम गरिरहेको छ । निर्माणाधीन राजमार्गमा पहिरोको बढी समस्या रहेको छ । कान्ति लोकपथ निर्माणाधीन रहेकाले धेरै ठाउँमा पहिरो गएकोले तत्काल खुलाउन नसकिएको उहाँले बताउनुभयो । त्यस्तै, कटरी घुर्मी खण्डमा सडक खुलाउन समस्या रहेको छ । उहाँले भन्नुभयो, “अन्यत्र भने पहिरो गइरहे पनि खुलाउने काम भइरहेको छ ।”
वर्षा सुरू हुनु पहिलेदेखि नै सडक अवरूद्ध हुनासाथ खुलाउन तयारी अवस्थामा रहेको विभागले जनाएको छ । विभागले वर्षा सुरू हुनु पहिले नै जोखियुक्त स्थान पहिचान गरेर तयारी थालेको प्रवक्ता सापकोटाले बताउनुभयो । ठाउँठाउँमा प्रहरी चौकी, बस्ती, डिभिजन सडक कार्यालयलगायतका स्थानमा पहिरो खुलाउन आवश्यकमात्रामा सामग्रीको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
अहिले सोही उपकरणको परिचालन गरेर पहिरो हटाइरहेको छ । उहाँले भन्नुभयो, “त्यस स्थानका लागि राखिएको सामग्री पर्याप्त नहुँदा भने अन्यत्रबाट थप सामग्री लगेर पनि सडक खुलाइरहेको छ ।”
Leave a Reply