भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
नयाँ दिल्ली (भारत), २२ चैत । भारतीय सङ्गीत क्षेत्रमा ख्याति प्राप्त गायिका किशोरी आमोनकरको मुम्बईस्थित आफ्नो निवासमा मङ्गलबार निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ ८६ वर्षको हुनुहुन्थ्यो ।
शास्त्रीय गीत गायनका लागि आमोनकरले ‘शास्त्रीय हिन्दूस्तानी सङ्गीत विद्यालय’को स्थापना गरी करिब छ दशक हिन्दी भाषाका भावपूर्ण गीतमार्फत् करोडौँ स्रोता तथा दर्शकको मन मस्तिष्कमा बस्न सफल हुनुभएको थियो । उहाँलाई निकै छोटो समय स्वास्थ्यमा समस्या देखिएको र यसकै कारण मृत्यु भएको उहाँको आफन्तले जनाएका छन् ।
सन् १९३२ अप्रिल १० मा मुम्बईमा जन्मिनुभएकी आमोनकरले सानैदेखि सङ्गीत साधनामा लाग्नुभएको थियो । आमोनकरकी माता तथा प्रसिद्ध गायिकासमेत रहनुभएका मोगुवाई कुर्दिकारको सङ्गतबाट सङ्गीतलाई पछ्याएकी आमोनकरले सन् १९८७ मा पद्यभूषण र सन् २००२ मा विभूषण पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
उहाँको मृत्युप्रति भारतीय प्रधानमन्त्रीसहित लाखौँ भारतीयले सामाजिक सञ्जालमार्फत् शोक सन्देश व्यक्त गर्दै आमोदकरको निधनले स्तब्ध पारेको जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट सन्देशमा लेख्नुभएको छ, “किशोरी आमोनकरको निधनले भारतीय शास्त्रीय सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँको मृत्युले स्तब्ध पारेको छ । आमोनकरको आत्माले शािन्त पाओस् ।”
यसैगरी बलिउड चलचित्र निर्माता माधुर भण्डारकरले पनि ट्वीटमार्फत् “भारतीय शास्त्रीय सङ्गीतकी आदरणीय व्यक्तित्व किशोरी आमोनकरको निधनले दुःखी बनाएको बताउँदै उहाँ शास्त्रीय सङ्गीतका माध्यमबाट सधैँ अमर रहनु हुनेछ” भन्नुभएको छ । रासस÷सिन्ह्वा
Leave a Reply