भर्खरै :

नेमकिपाको जिल्ला निर्वाचन परिचालन मूल समिति गठन: संयोजकमा रमेश थापाश्रेष्ठ

भक्तपुर, २३ चैत्र ।
आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको निम्ति नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले अध्यक्ष रमेश थापाश्रेष्ठको संयोजकत्वमा ७५ सदस्यीय भक्तपुर जिल्ला निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । स्थानिय तहको निर्वाचनको तयारीस्वरुप नेमकिपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको भेलाले सो निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका भक्तपुर जिल्ला अध्यक्ष रमेश थापाश्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले सम्पूर्ण जनवर्गीय तथा पेशागत संगठनका पार्टी कार्यकर्ताहरुलाई स्थानिय तहको निर्वाचन केन्द्रीत भई गतिविधिहरुलाई तीव्रता दिन निर्देशन जारी गरेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *