ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
सजिना महर्जन
काठमाडौँ महानगरपालिका वडा नं २९ हाल वडा नं २६, ठमेलस्थित सञ्चयकोष केन्द्रीय कार्यालय र अस्कल क्याम्पसको बाटोको पश्चिममा अवस्थित विक्रमशील महाविहारको ठीकअगाडि पूर्वपट्टि तान्त्रिक विधिले निर्माण गरिएको कमलपोखरी छ । विहारको यस पोखरीमा कमलको फूल फुलाइने भएकोले यस पोखरीलाई कमलपोखरी भनिएको हो । पोखरीको कमलको फूल विहारमा चढाई दिनहुँ पूजा गर्ने परम्परा थियो । पोखरीमा बर्सेनि उम्रने घाँस र हिलो फाली सफा गर्न मदनपुर, वहि गु आदिका रैतानीलाई बोलाई काममा लगाइन्थ्यो । उक्त रैतानीहरूलाई दिउँसो खाजा खुवाउने गरिन्थ्यो । खाजा खुवाउने व्यवस्था विहारका डङ्गोलहरूलाई दिइन्थ्यो । पोखरीको किनार, पेटीमा घाँसहरू उम्रेमा सफा गर्न हरेक ६÷६ महिनामा विहारको नियमबमोजिम कबुल गराई ठेक्का दिने गरिन्थ्यो । त्यहाँको आयस्तालाई विहारको गुठीको तहबिलमा चढाउने गरिन्थ्यो । यसै पोखरीको डिलमा प्रधान तथा स्थानीयहरूको श्राद्धको पिण्ड बिसर्जन गर्ने चलन थियो ।
यस पोखरीलाई चारैतर्फ पर्खालले घेरिएको थियो । पोखरीको पश्चिमपट्टिको पर्खालमा विहारको गुठीबाटै आउन–जानका लागि ढोका बनाइएको थियो । समय–समयमा जीर्णाेद्धार तथा मर्मत सम्भार गुठीले नै गरेको देखिन्छ । पोखरीको चौतर्फी डिलमा विमिरा, सुन्तला, नासपाती, भोगटेजस्ता फलफूलको बगैँचा लगाइने गरिन्थ्यो । पोखरीबाहेक डिलको पूर्व, दक्षिण र उत्तरका बगैँचाको भिन्नाभिन्नै व्यक्तिहरूलाई ठेक इजारा दिने परम्परा थियो । विसं १९५० मा पोखरीको डिलको उत्तरतिरको बगैँचा सिधवीरले र पूर्व दक्षिणको गोप्रसाद सिंहले ठेक इजारा लिएका थिए । उक्त ठेक (ठेक्का) इजाराबाट प्राप्त रकम आयस्तास्वरूप भगवानको गुठीको तहबिलमा चढाउने गरिन्थ्यो । १९५७ पुस १ गतेबाट पोखरीबाहेक पोखरीको सम्पूर्ण चौतर्फी डिलको ठेक्का गोप्रसादसिंह प्रधानले लिएका थिए । पछि ठेक्कामा बढी मोल तिर्छु भनी रामप्रसाद प्रधानले सालन्या रु. १२५ बुझाउने गरी मिति १९६४ मा लिए । सो समयमा जसले बढी मो. रु. दिन्छ उसैलाई ठेक्का दिने परम्पराबमोजिम ठेक्का सुचेतसिंह प्रधानले ठेक इजारा लिए ।
विसं २०५७ फागुन २० गते सिंह सार्थवाह गरुडको जन्म जयन्तीको अवसरमा स्व.इतिहासविद् भुवनलाल प्रधानले यस गुठीको जग्गा धेरै भएको र केशर महलभित्रको जग्गा र सोमा भएको पोखरीसहित गुठीको नै भएको बताउनुभयो । विसं १९७७ मा केशर शमशेरले शक्तिको आडमा उक्त पोखरी र डिलसमेत आफ्नो दरबारको शोभा बढाउन कम्पाउन्डभित्र पारी सो स्थानमा सम्पूर्ण नृत्यकर्म रोकेको देखिन्छ । सो जग्गाको सट्टाभर्ना दिने भनिएको र जग्गा नपाएसम्म पोखरी प्रयोग गरेबापत मो.रु. १२५ बुझाउने गरी उक्त रूपैयाँ भगवानको गुठीमा तहबिलमा बुझाउने गरिएको देखिन्छ ।
यसले गर्दा परापूर्वकालदेखि चलिआएको विहारको भगवानलाई दिनहुँ कमलपोखरीको कमलको फूल, पानी आदिले नित्य पूजा स्नान गराई भगवानको पूजा अर्चना गराइने धार्मिक परम्परा, प्रधान तथा स्थानीयहरूले उक्त पोखरीको डिलमा श्राद्धको पिण्ड सेलाउने धार्मिक परम्परा नष्ट भएको थियो । प्रधान तथा स्थानीयहरूको सांस्कृतिक तथा धार्मिक अधिकारको पनि हनन भएको देखिन्छ । यस पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाइएको पाँचवटा इनार र यस पोखरीको डिलको विभिन्न चैत्य, मूर्तिहरू नष्ट भएका छन् ।
कमलपोखरीको अस्तित्वका प्रमाणहरू ः
१. विसं २०६९ सम्म उक्त स्थानमा पोखरी नै थियो र पोखरी खन्ने क्रममा विभिन्न पुरातात्विक महत्वका पुराना मूर्तिहरू फेला परेको कार्यरत कामदारहरू भन्छन् ।
२. ६ सय वर्ष पुरानो विशाल पीपलको रुख जसको जरा पानीमा नफैलिने हुनाले यसको जरा पूर्व पानीतिर नफैलिई पश्चिमको डबलीतिर फैलिएको हालसम्म रहेको ।
३. जीतशमशेरले पोखरीको ३ रोपनी जग्गा आफ्नो दरबारको कम्पाउन्डभित्र पारिएको कुरा विसं १९५८ को गुठीका सदस्यहरूका नामबाट पठाएको पत्रमा उल्लेख ।
४. सहरी क्षेत्रको नापी हुँदा १६७ कि.नं.मा परेको नापी शाखामा रहेको विसं २०३३ को फिल्डबुकमा यस पोखरीको क्षेत्रफल १२–१३–२–२ रोपनी उल्लेख गरिएको छ भने मोहीको महल खाली छोडिएको छ । विसं. २०३९÷२÷२४ को भूमिसुधार मन्त्रालयको जग्गा धनी पुर्जामा कि.नं. १६७ पोखरी जनिएको छ । दर्तावाला मोही केयुर शमशेर भनी लेखिएको र जग्गा धनीमा ठमेल सिंह सा.वा.गुठी भनी लेखिएको छ । गुठी संस्थानमा रहेको विसं २०४२ को फिल्डबुकमा जोताहा महलमा पर्ती लेखिएको र जग्गाधनी महलमा पोखरीको क्षेत्रफल १२–१३–२–२ रोपनी उल्लेख गरिएको छ ।
५. विसं २०४४÷८÷२३ मा तत्कालीन श्री ५ को सरकारको निर्णयबमोजिम थं वहिल (ठमेल) वडा नं २९ को ५७–१४–३–२ रोपनी क्षेत्रफलमा फैलिएका सार्वजनिक संरचनाहरूलाई तत्कालीन सरकारको नाममा दर्ता गरिएको थियो । उक्त सरकारको नाममा दर्ता गरिएको संरचनामध्ये तत्कालीन श्री ५ को सरकार अर्थ मन्त्रालय, मालपोत विभाग, मालपोत कार्यालय, काठमाडौँमा रहेको जग्गाधनी स्रेस्तामा वडा नं २९ कि.नं १६७ मा आवादी, पर्ती पोखरी, घर जग्गाको महलमा पोखरी कायम गरिएको, मोहीको महलमा पोखरी जनिएको र क्षेत्रफल १२–१३–२–२ रोपनी उल्लेख गरिएको छ । जग्गा धनीको नाममा श्री ५ को सरकार जनिएको छ ।
६. युनेस्को र नेपाल सरकारद्वारा इ.सं. १९७१–७२ मा काठमाडौँ सम्पदाहरूको सर्भे गरी सन् १९९५ मा नेपाल सरकारद्वारा तयार पारिएको भियानाबाट प्रकाशित द प्रिजर्भेसन अफ फिजिकल इन्भाएटोन्मेन्ट एन्ड कल्चरल हेरिटेज अ प्रोटेक्टिम इन्भेन्टरी, काठमाडौँ भ्याली –२ एच. पी. ÷१३ मा छापिएको केशर महलको कमलपोखरीसहितको फोटोमा पूर्वमा केशर महल, उत्तरमा राजेन्द्र श्रेष्ठ (चिनी साहु) को घरको साँध, दक्षिणमा जर्नादासिंह प्रधानको (सुचेत सिंहको नाति) र पश्चिममा विहारको परापूर्वकालदेखि जात्रा मनाइने डबलीसहितको चोकको साँध स्पष्टसँग देखिएको छ ।
सिंह सार्थवाह गरुड भगवान गुठी
सिंह सार्थवाह गरुड भगवान गुठी परापूर्वकालदेखि नै थँ वहिल विक्रमशील महाविहारका प्रधानका पूर्वजहरूद्वारा स्थापना गरिएको विहार भगवानको नामको गुठी हो । यस गुठीबाट विहारको परम्परागत नित्य पूजा, अर्चना, स्नान, चाड–पर्व, जात्रा तथा विहार परिसरमा परापूर्वकालमा धर्म कीर्तिका लागि निर्माण गरिएको देवालय, चैत्य, पोखरी, चोक इत्यादिको व्यवस्थापन, संरक्षण तथा संवद्र्धनजस्ता सम्पूर्ण कार्य यसै गुठीको आयस्ताका लागि राखिएको जग्गाहरूबाट गरिने चलन छ । सिंह सार्थवाहलाई यस विहारका संस्थापक मानिन्छ ।
विसं २०२१ मा भूमिसम्बन्धी ऐन लागू गरियो । तत्काल यस प्रयोजनले गुठीको आयस्तामा असर पर्ने र परापूर्वकालदेखि चलिआएको परम्परा कायम गर्न नसकिने र धर्म कीर्ति परम्परा नष्ट हुनेदेखि तत्कालीन प्रधान गुठीयारहरू (गुठीको तालुकदार) द्वारा राजासमक्ष २०२२ मा बिन्ती पत्र चढाई, सो जग्गा राजगुठीमा लिएमा हद बन्देज नलाग्ने भन्ने राय भई गएको पत्रमा लेखिएबमोजिम के गर्नुपर्छ, मिले सोबमोजिम गरी र नमिले जाहेर गर्न भन्ने विसं २०२३÷०१÷१४÷३ मा हुकुम भएको हु.प्र. अनुसार सो गुठी, गुठी संस्थान अधीनस्थ लिन सो गुठीको जग्गा जमिन खर्च आम्दानीको स्रोतका साथै पर्व पर्वहरूमा कति आउँछ सबै देखिने गरी नामनामेसीसहितको राज गुठीमा दर्ता गराई गुठी संस्थान अधीनस्थ गरी गुठीले नै आम्दानी खर्च गरी २०२३÷०५÷८ मा गुठी संस्थानबाट पत्र लेखिएको देखिन्छ । विसं. २०३३ माघ महिनामा गुठी संस्थानमा निवेदन चढाएपश्चात् संस्थानबाटै चलाउने गरी छोडी दिन मञ्जुर हुन्छ, हुँदैन पेश गर्ने भनी गुठी संस्थानबाट विसं २०२३÷११÷९ मा कागज गराई पेश गर्ने भन्ने निर्णय भएकोले सबै गुठियार भेला गराई कागज गराई लेखी पठाउनु भनी गुठी संस्थानबाट हिरामान प्रधानलाई विसं २०२३÷११÷१२ मा लेखिएको पत्रमा हिरामान प्रधानलगायतको केही गुठीयारद्वारा विसं २०२४÷१÷८ मा गुठी संस्थान सिंह दरबारलाई निवेदन चढाइएको ।
मिति २०२३÷११÷९ मा कागज गराई पेश गर्ने भन्ने निर्णय भएकोले सबै गुठीयार भेला गराई मिति २०२४÷९÷१८ मा गुठी संस्थान सिंहदरबारलाई गुठीयारद्वारा निवेदन पेश भई मिति २०२५÷२÷१७ गते गुठी लगत दाखिला गर्ने तथा १० थकालीको नाउँमा छुट गरी राजगुठीमा दर्ता गरी गुठी जग्गा सबै भगवानको नाउँमा दर्ता भएको देवताको जग्गा हुनाले सो जग्गामा लाग्ने पोता मिनाहा गर्न भनी १० गुठीयारहरूको नामसहित गरुड भगवान गुठीतर्फबाट चढाएको देखिन्छ । विसं २०२५÷२÷१७ मा गुठी संस्थानमा ठमेल भगवानको गुठी लगत जाँच कार्यालयमा चढाएको निवेदनमा पोखरी डिलसमेतको उल्लेख गरिएको छ । संशोधित गुठी संस्थान ऐन, २०३३ अनुसार गुठी संस्थानमा दर्ता भएका सबै छुट गुठी राजगुठीमा परिवर्तन भई सबै हक अधिकार गुठी संस्थानमा सारिएको छ ।
कमलपोखरी डिलसहितको जग्गाको हालको अवस्था
श्री सिंह सार्थवाह गरुड भगवानको नाममा कमलपोखरी डिलसहितको २६–८–०–० रोपनी जग्गा साविकमा दर्ता रहेको तथ्यमा अन्यथा भन्न नसकेको अवस्थामा तत्कालीन शाही सत्तासँग निकटताको कारण शक्तिको पहुँचबाट केयुर शमशेरले आफ्नो कम्पाउन्ड परिसरभित्र पार्न सफल भई नापीका बखत कमलपोखरीको २६–८–०–० रोपनी जग्गामध्ये केही काठमाडौँ जिल्ला का.म.न.पा वडा नं. २९ कि.नं. १६७ को क्षेत्रफल १२–१३–२–२ तथा कि.नं. १०४० (चोक) को क्षेत्रफल ०–९–२–३ जग्गा कायम भई बाँकी केयुर शमशेर ज.व.रा. ले आफ्नो अन्य कित्ता जग्गामा समावेश गर्न सफल भएको रहेछ । सर्भे नापीमा कि.नं. १०४० को क्षे.फ. ०९–२–३ को चोक र १६७ को क्षे.फ. १२–१३–२–२ पोखरी जनाई नाप जाँच भएको सरकारी अड्डामा रहेको श्रेस्ता प्रमाणबाट प्रस्टै छ । त्यस्तो पोखरी र चोक कुनै व्यक्ति विशेषको मोहियानी लाग्नै नसक्ने कानुनी बन्दोबस्त छ । व्यक्ति विशेषको मोहियानी लाग्न नसक्ने अवस्थामा विपक्षी गोरख शमशेर, अम्बिका राणा तथा निजका पति केयुर शमशेर, बाजे ससुरा केशर शमशेर पोखरीको डिल र पोखरीको दर्तावाला जोताहा मोही कायम भएकोमा मुद्दा परी तह–तह फैसला हुँदै मिति २०३३÷१०÷०८ मा सर्वोच्च अदालतबाट पोखरी र पोखरीको डिलै कायम हुने गरी मिलापत्र भएको रहेछ । उक्त मिलापत्रबाट जग्गा कमलपोखरी र पोखरीको डिल नै रहेको गुठी संस्थान ऐन ०३३ को दफा २ (ग) भित्रको भन्ने स्वतः प्रस्ट छ । त्यस्तो जग्गामा मोही लाग्नै नसक्ने गुठी संस्थान ऐन ०३३ को दफा २५ (४), २७ (ख) समेतको कानुनी बन्दोबस्तबाटै प्रस्ट छ । मिलापत्रमा केयुर शमशेरले भोग चलन गरी खान पाउने उल्लेख भए तापनि त्यस्तो कानुन प्रतिकूलको आधारमा लाग्नै नसक्ने, पोखरीको मोही हुनै नसक्ने अवस्थामा मोही मानी भएको मिलापत्र एवं फैसलाबाट धर्म कीर्तिलाई नोक्सान भएको अवस्था छ । पुनरावेदन अदालत पाटनको फैसलामा गुठी धर्म कीर्तिसम्बन्धी मान्य सिद्धान्तसमेतको प्रतिकूल फैसला भएको अवस्था छ । फैसला थाहा पाएको मिति २०७३÷०५÷०५ मा निवेदक भरतसिंह प्रधानको छोरा का.जि.का.म.न.पा वडा नं. २९ बस्ने वर्ष ३९ को भागवत नरसिंह प्रधानले गुठी रैतानी निर्णय बदरको माग गरी मुद्दा दोहो¥याई हेरी पाऊँ निवेदन–पत्र सर्वोच्च अदालतमा चढाएको अवस्थामा सर्वोच्च अदालतले मिति २०७३ चैत ६ गते सो मुद्दा दोहो¥याई हेर्ने निस्सा प्रदान गरिदिएको अवस्था छ । विपक्षी झिकाई लगाउन रिट नं. ०७१–१००–०२५९ र ०७०–१००–०७७८ को रिट निवेदनसमेत साथै राखी नियमानुसार गर्नु भन्ने आदेश भएको छ । हाल सो जग्गामा प्रतिभा पाण्डे हिमालय शमशेरका छोरी, पृथ्वीबहादुर पाण्डेका श्रीमती र अम्बिका राणाका नातेदार हुन् । स्थानीयको विरोध भए पनि पृथ्वीबहादुर पाण्डेको अध्यक्षतामा योगेश भट्टराईद्वारा उद्घाटन गरिएको सो ठाउँमा रु. ५ खरब लगानीमा कम्प्लेक्स भवन सञ्चालनमा रहेको छ । छायाँदेवी कम्प्लेक्स गुठीको ऐतिहासिक पोखरीमाथि बनाइएको होइन, पोखरी चन्द्रशमशेरले नौका खियाउन बनाउन लगाएको पोखरीमा बनाएको हो भनी माथि उल्लेखित ऐतिहासिक र कानुनी प्रमाण÷दस्तावेजलाई बेवास्ता गरी जवाफ दिइएको पाइएको छ ।
स्थानीय र गुठियारहरूले छायाँदेवी भवन निर्माण रोक्न विभिन्न किसिमका विरोध प्रदर्शन उक्त भवन बन्नुअगाडि नै गरेका थिए । भवन निर्माण सुरु हुनुअगावै मुद्दा दायर गरिएको थियो । भवन निर्माण स्वीकृति दिने महानगरपालिकालगायतलाई मुद्दा दायर गरिएकोमा कसरी मुद्दा किनारा नलगाई नक्सा पास गर्न स्वीकृति दिइयो ? मुद्दा विचाराधीन हँुदाहुँदै भवन निर्माण सम्पन्न प्रमाणपत्र लिइएको अवस्था छ । यस भवन निर्माण हुनुअगावै पुरातत्व विभागलाई पनि मुद्दा दायर गरिएकोमा यस विषयको आधिकारिक जानकारी नभएको भनी गैरजिम्मेवारी उत्तर पुरातत्व विभागबाट आएको छ । मालपोतमा समेत नेपाल सरकारको नाममा दर्ता भएको सार्वजनिक पोखरीको मिसिल खोज्दा नपाएको भनी गैरजिम्मेवारी तथा शङ्कास्पद पत्र सर्वोच्चलाई पठाइएको छ ।
विवादित जग्गा मोहियानी लाग्न नसक्ने कानुनी आधारः
१) गुठी संस्थान ऐन २०३३, २५(४), २६(४), २७(ख) दफा २५(४) को व्यवस्था हेर्दा देवी देवता, देवस्थल पर्व पूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ती जग्गा व्यक्तिको नाममा दर्ता नहुने व्यवस्था रहेको छ भने दफा २६(४) अनुसार दर्तावाला मोहीको हक समाप्त भएको अवस्था देखिन्छ । त्यस्तै दफा २७(ख) मा पर्ती जग्गामा मोही हक लाग्नसक्ने अवस्था देखिँदैन भनी व्यवस्था भएको छ । मिति २०३३÷९÷३ को मिलापत्रबाट विवादित जग्गामा भएको पोखरी, पोखरीको डिल र चोक श्री सिंह सार्थवाह गरुड भगवानकै नाममा गुठी संस्थानअन्तर्गत दर्ता कायम राख्ने सर्त राखी मिलापत्र भएको अवस्था छ ।
२) मालपोत ऐन २०३४ दफा २४ ले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएमा जहिले पनि बदर हुनसक्ने व्यवस्था स्पष्ट रहेको छ ।
भूमिसम्बन्धी ऐन २०२१ को दफा २ (ख) मा उक्त जग्गा धनीको जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसानलाई मात्र मोही सम्झनुपर्दछ भनी परिभाषा गरिएको छ । केशर शमशेरको शक्तिको आधारमा कब्जा गरिएको जग्गामा मोहीयानी हक दिई रैकर गर्नु कानुन सम्मत नभएको ।
सन्दर्भ सामग्री ः भागवत नरसिंह प्रधान, थँ वहिल विक्रमशील महाविहारको ऐतिहासिक ‘कमल पोखरी’ (पुस्तक)
Leave a Reply