भर्खरै :

सिद्धि गणेशमा बाल चित्रकला प्रशिक्षण सम्पन्न

भक्तपुर, १९ साउन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा सञ्चालन भएको बाल चित्रकला प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
जेठ ११ गतेदेखि सञ्चालन भएको २ महिने प्रशिक्षण समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजूले प्रशिक्षार्थीहरूको शैक्षिक एवम् व्यवसायिक क्षेत्रमा प्रशिक्षण सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सिद्धि गणेश साकोसले सिद्धि गणेश मोबाइल बैकिङ्ग र ब्त्ः कार्ड सेवा सञ्चालनमा ल्याएको र चारवर्षीय व्यावसायिक योजना तर्जुमा गोष्ठीमार्फत आ.व. ०७९÷८० भित्र ३१५०० जना सदस्य र रु. ४ अर्ब कुल सम्पत्ति पु¥याउने संस्थाको योजना रहेको जानकारी दिनुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सिद्धि गणेश साकोसले स्थापनाकालदेखि सदस्यको क्षमता विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै सिकेका सीपलाई उपयोग गर्नसके तालिमको औचित्य रहने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक गंगाराम प्रजापतिले चित्रकला प्राचीन समयमा सञ्चारको प्रमुख माध्यम भएको र वर्तमान समयमा पनि यसको उत्तिकै महत्व रहेको बताउनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार (लवजू)ले चित्रकला प्रशिक्षण संस्थाको रजत वर्षको अवसरमा संस्थाका बाल बचतकर्ताहरूमा सीप विकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी लिजा दुवाल र आयोजक उपसमितिका सचिव रञ्जना प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *