भर्खरै :

सम्पदा संरक्षण गर्ने भए छायाँदेवी कम्पलेक्स किन नभत्काउने !

– मनिष शाक्य, काठमाडौँ
सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको काठमाडौँको हाल वडा नं २६ स्थित कमलपोखरी संरक्षण गर्नुपर्ने माग राखी नेवाः राजनीतिक अभियानले आइतबार राजधानीमा विरोध प्रदर्शन ग¥यो ।
कमलपोखरी पुनःसार्वजनिक कायम गरौँ, छायाँदेवी कम्पलेक्स भत्काउनैपर्छ, भूमाफियाहरूलाई कारबाही गर, गैरकानुनी मिलापत्रका मतियारहरूलाई कारबाही गर, सम्पदा मास्न पाइँदैन, भ्रष्ट कर्मचारीहरूलाई कारबाही गर, हाम्रो आन्दोलन जारी छ, न्यायप्रेमी जनता एक होऔँ भन्ने नाराका साथ इन्द्रचोकबाट सुरु भएको विरोध प्रदर्शन असन, त्यौड, ज्याठा हुँदै ठमेलमा पुगी सभामा परिणत भएको थियो । ठमेलस्थित कमलपोखरी पुनः स्थापना अभियानलाई जनस्तरसम्म पु¥याउन र भूमाफियाहरूलाई न्यायको कठघरमा उभ्याउन नेवाःराजनीतिक अभियानले जनतालाई सडक प्रदर्शनमा सरिक हुन आग्रह गरेको छ । नेवाः राजनीतिक अभियान, नेवा ग्वाहाली पुचः, ठमेलस्थित कमलपोखरी पुनःस्थापना अभियानको यस्तै दबाबमूलक कार्यक्रमको निरन्तरताको आवश्यकता छ ।
कमलपोखरीमा कसरी भवन ठडियो ? भवन ठड्याउन कसले कसरी व्यक्तिको नाउँमा सो जग्गा कायम हुन गयो भन्ने प्रश्न ठमेलवासीमात्र होइन सम्पूर्ण सम्पदाप्रेमी र न्यायप्रेमी जनताको चिन्ताको विषय बनेको छ । गुठियारहरूको सम्पति संरक्षण गर्नुपर्नेमा कसरी नष्ट हुन गयो ? गुठी संस्थानको जग्गा कसरी व्यक्तिको हुन गयो ? के गुठी संस्थान, सरोकारवाला निकाय र सरकारले सम्पदा संरक्षण गर्नुपर्दैन ? सरकारले छायाँदेवी कम्पलेक्स भवन भत्काउन पहल गर्नुपर्छ र भत्काएर सो ठाउँलाई कमलपोखरी नै कायम गर्नुपर्छ । पर्ती जग्गा संरक्षण गर्ने पक्षमा सरकार उभेको छ, सम्पदा संरक्षण गर्न सरकार तयार छ भने सो भवन राष्ट्रियकरण गरेर कमलपोखरी कायम गर्नुपर्छ ।
विसं २०३३ मा नापी हुँदा किन १६७ जनिएको १२ रोपनी १३ आना २ पैसा २ दाम कायम भएको कमलपोखरी २०४४ मंसिर २३ गते सरकारको नाममा जग्गाधनी दर्ता स्रेस्तामा कमलपोखरी जनिएको थियो ।
पर्ती जग्गा र सम्पदा संरक्षण गर्ने सरकारको उद्देश्य हो । सरकारको त्यो उद्देश्यलाई व्यवहारमा उतार्नुपर्छ र सुरक्षित गर्नुपर्छ । देशको सम्पत्ति रक्षा गर्न सरकार अघि बढ्नुपर्छ । सरकारको जिम्मेवारी पूरा गर्न र सहयोग पु¥याउन आइतबारको विरोध प्रदर्शन सहयोग हुनेमा शङ्का छैन । जनताको दबाबमूलक सो शान्तिपूर्ण विरोध प्रदर्शन र सभामा व्यक्त कुरालाई सरकारले समर्थन गर्नेछ र भवन भत्काई पोखरी नै कायम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *