यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाण्डौ, २५ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले नयाँ संविधानअन्तर्गत मौलिक हकमा निःशुल्क र अनिवार्य शिक्षा राख्न नेमकिपाले प्रस्ताव गर्दा शासक दलहरु नमानेको बताउनुभएको छ । शुक्रबार टोखा नपास्थित गणेश ई.से. स्कुलको २२ औं वार्षिकोत्सव र अभिभावक भेलामा बोल्दै उहाँले आफू सरकारमा बस्दा संविधानमा उल्लेख भएअनुसार जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क दिन नसक्ने पीरले शासक दलहरु जनताको पक्षका मुद्दाहरुमा तयार नभएको बताउनुभयो ।
उहाँले पूँजीवादी बन्दोबस्तले शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत क्षेत्र समेतलाई नाफा कमाउने क्षेत्रमा परिणत गरेको र त्यसकारण व्यापक जनताको जीवन कष्टकर बन्दै गएको चर्चा गर्नुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल काठमाण्डौ जिल्ला समितिका अध्यक्ष सनकमान महर्जनले शिक्षा नयाँ पुस्तालाई समाजप्रति कर्तव्यनिष्ठ बनाउने माध्यम बन्न जरुरी भएकोमा जोड दिनुभयो ।
उहाँले विद्यालयलाई नाफा– नोक्सानको क्षेत्रभन्दा समाजको विकासका लागि योगदान गर्ने थलो बनाउनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले शिक्षालाई व्यापारको बस्तु बनाइँदा नयाँ पुस्तामा नैतिक मूल्य ¥हास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल रण डंगोलको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य मदन श्रेष्ठ, प्रबन्ध व्यवस्थापक शैलेस डंगोललगायतले बोल्नुभएको थियो ।
कार्यक्रमा साँस्कृतिक प्रस्तुतिहरु पनि देखाइएको थियो ।
Leave a Reply