न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
भक्तपुर, २५ साउन । पुस्तकालय स्थापना अँध्यारो समाजलाई उज्यालोतर्फ अगाडि बढाउने र जनताको सेवा गर्ने थलो हो । पुस्तकालय राजनीतिक, सांस्कृतिक, शैक्षिक र भावनात्मकरूपमा समाजलाई बुद्धिजीवीकरण गर्ने उद्गमस्थलको रुपमा लिनुपर्दछ । युगअनुसारको सुहाउँदो अध्ययन स्थलको रूपमा विकास गर्न सही पुस्तकको अध्ययन गर्नुपर्दछ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले सहिद राजकुमार स्मृति पुस्तकालयको ‘ई–लाइब्रेरी’ को उद्घाटन गर्दै व्यक्त गर्नुभएको हो ।
अतिथि गोसाईले जनताबाट चुनेर आएका सांसदहरू मन्त्रीहरूको पछिपछि लागेर राष्ट्रिय ढुकुटीमाथि ब्रह्मलुटको स्थितिमा लागेको र सरकारले समृद्धि र विकासका नाममा देशलाई विदेशी साम्राज्यवादको हातमा पु¥याउने काम गरिरहेको धारणा राख्नुभयो ।
समारोहमा प्राध्यापक विश्वमोहन जोशीले पुस्तकालय सुरुसँगै व्यावहारिक ज्ञानलाई पनि सँगसँगै लानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पुस्तकालयका संस्थापक सल्लाहकार लक्ष्मीभक्त लासिवाले सहिद कहिल्यै मर्दैन, अमर हुन्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देश र समाजको विकासका लागि युवाहरू एकजुट हुनुपर्ने विचार राख्नुभयो ।
पुस्तकालयका उपाध्यक्ष गणेशप्रसाद सुवालले स्वागत गर्नुभएको उक्त समारोहमा पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवालले पुस्तकालयको भावी योजनाबारे प्रकाश पार्नुभयो ।
समारोहमा पुस्तकालयका पूर्वाधार उपभोक्ता समितिका सचिव पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply