न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
भक्तपुर, २५ साउन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र करसम्बन्धी अन्तरक्रिया’ कार्यक्रम ग¥यो ।
कार्यक्रममा भनपाका नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने र करको सदुपयोग भएको÷नभएको बारे चासो लिनुपर्ने बताउँदै भनपाले जनताको गुनासोलाई ध्यानमा राखेर कर नीतिमा सुधार गरेको बताउनुभयो ।
नगरकोटको सडक समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई शासक दलको नजिकको व्यक्ति भएकै कारण कारबाही नगरेको र लथालिङ्ग सडकका कारण जनताले सास्ती भोग्नु परिरहेको उहाँले बताउनुभयो । सरकारले ठेकेदारलाई चलाउनुपर्नेमा ठेकेदारहरूले सरकारलाई चलाइराखेको विचार प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
सहकारी संस्थाहरूले पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने, पर्यटनसँग सम्बन्धित होटल, पसल र उपहार सामग्रीहरू उत्पादन गर्ने उद्योगहरूमा लगानी बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाको सहकारी ऐनबारे जानकारी गराउनुभयो ।
भनपा सहकारी समन्वय उप–समितिका संयोजक जगन्नाथ प्रजापतिले एक व्यक्ति एक सहकारी मान्य नहुने र समाजका विकृति र विसङ्गतिविरूद्ध सहकारीहरू लड्न तयार हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेल र सङ्घका उपाध्यक्ष हरि बल्लले पनि बोल्नुभएको थियो ।
Leave a Reply