भर्खरै :

दैलेखमा ‘भेनेजुयला ः हिजो र आज’ को अन्तरक्रिया

दैलेख । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वरको आयोजनामा ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दैलेखका जिल्ला सल्लाहकार संयोजक शिवराज दाहालले भेनेजुयलामाथि लगाइएको नाकाबन्दीको विरोध गर्नु नेपाल मजदुर किसान पार्टीको अन्तर्राष्ट्रिय दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका टेकबहादुर रावत, खड्गबहादुर सावद, नेपाल क्रान्तिकारी महिला सङघका चन्द्रकला सावद, खड्गबहादुर खत्रीलगायतले बोल्नुभएको
थियो ।
त्यस्तै सातखम्वमा पार्टी कार्यकर्ताबीच ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अन्तरक्रिया एवम् भेला सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य बीरबहादुर भण्डारी, नगर समितिका अध्यक्ष मदनकुमार भण्डारी, पद्मबहादुर बुढा, नेपाल क्रान्तिकारी महिला सङ्घका रुमा गुरुङले पनि बोल्नुभएको थियो ।
भेलाले नेक्रामसङ्घको स्थानीय समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *