भर्खरै :

अपाङ्गता सरोकारवालासँग अन्तरक्रिया

भक्तपुर, २७ साउन । भनपाका जनप्रतिनिधि र अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिहरुबीच सोमबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका अपाङ्ता भएका व्यक्तिहरुलाई अपाङ्ता परिचय पत्र वितरण सुरु गरिसकेको जानकारी गराउनुभयो ।
कार्यक्रममा उपप्रमुख जोशीले चालू आ.व. २०७६।७७ मा अपाङ्ताको क्षेत्रमा नगरपालिकाले १५ लाख रकम विनियोजन गरेको जानकारी गराउँदै अपाङ्गता भएका व्यक्ति पनि समाजको सदस्य भएकोले उनीहरुको क्षमता अभिवृद्धि कार्य गर्नुपर्ने र शिक्षाको पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक सविन प्रधानले बलियाले कमजोरलाई हेप्ने प्रवृत्तिका कारण हेपाइमा परेका व्यक्तिहरू पछाडि परिरहेको जानकारी गराउँदै समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समानताको लागि आवाज भक्तपुरद्वारा अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन हुँदै आएका विभिन्न कार्यक्रमहरूको बारेमा राजु आचार्यले ‘सबैका लागि पढाइ’ बारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यपालिका सदस्य रोशनमैंया सुवाल, हिमालयश्वर मूल, नगर शिक्षा समितिका वैकुण्ठ झा, नारदप्रसाद धमला र सहभागीहरूमध्येबाट सुरेश राजभण्डारी, किरण शिल्पकार, रमा ढकालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *