अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
काठमाडौँ, २९ साउन । सगरमाथा आरोहणको क्रममा आरोहीको मृत्यु जामका कारण नभई लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्युट’ भएर पनि कतिपय आरोहीको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।
सगरमाथामा आरोहण अनुमति धेरै दिएको र आरोहीको जामले केही आरोहीको मृत्यु भएको भन्दै विश्वभर नकारात्मक समाचार सम्प्रेषण भएको थियो । सगरमाथा आरोहणमा आरोहीको भीड लागेको फोटो सञ्चारमाध्यममा आएका थिए ।
समितिका संयोजक घनश्याम उपाध्यायले मिडियामा आएजस्तो आरोहीको निधन जामले नभई आरोहणका क्रममा लामो समय पर्खनुपर्ने बाध्यता तथा आरोहीको शारीरिक अवस्थाका कारण मृत्यु भएको उल्लेख गर्नुभयो ।
आरोहणको विषयमा आएको अन्योलताबारे सत्य तथ्य पत्ता लगाउन सरकारले गत जेठ २४ गते पर्यटन मन्त्रालयका सहसचिव उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
सन् २०१९ को वसन्त ऋतुको मे २२ र २३ मा मौसम सुधार भएपछि धेरै आरोही एउटै सयमा सगरमाथाको चुचुरोमा जान चाहेकाले लामो समय बाटोमा पर्खनु परेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमालमा ९६१ जनाले आरोहण गरेका थिए । जसमा १५ जनाको मृत्यु भएको थियो । सगरमाथा हिमालको ३६४ जनाले आरोण गरेका थिए । सगरमाथा आरोहणको क्रममा आठ जनाको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका आयरल्याण्डका एक आरोही अझै फेला परेका छैनन् ।
सगरमाथासहित सम्पूर्ण हिमाल आरोहणको विगत पाँच वर्षको आँकडा हेर्दा सन् २०१५ मा २१, सन् २०१६ मा १२, सन् २०१७ मा ९, सन् २०१८ मा २५ र सन् २०१९ मा १७ (पछिल्लो विवरणसहित) मृत्यु भएको जनाइएको छ । ५९ पृष्ठको प्रतिवेदनमा समितिले दीर्घकालमा पर्वतीय पर्यटनमा गर्नुपर्ने कामको विषयमा १२ पृष्ठ लामो सुझाव दिएको छ । समितिले सम्पर्क अधिकृतको विषयमा पनि टीम नै गएर बेसक्याम्पमा जानुपर्ने सुझाव दिएको छ । सगरमाथाको आरोहणमा आगामी दिनमा एकै समयमा आरोहणको अत्यधिक चाप पर्न नदिन डोरी टाँग्ने कार्यलाई समयमै व्यवस्थित गर्नुपर्ने, मौसमी प्रणालीको भरपर्दो सुधार तथा आरोहणको योजनाबद्ध कार्यतालिका बनाउनुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।
Leave a Reply