भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २ भदौ । भक्तपुर नगरभित्र गत आइतबारदेखि यहाँका परम्परागत नाचगान, ख्याल, नाटक र अन्य विधाहरू देखाउन थालेका छन् । ती सांस्कृतिक र साहित्यिक विधाहरू शनिबार नै आ–आफ्नो स्थान या चोकमा देखाइएका थिए ।
गत वर्षझैँ यो वर्ष पनि ती विधाहरू टोल–टोलमा प्रदर्शन गरिने छन् । प्राप्त जानकारीअनुसार भैरव नाच, देवी नाच, ख्या (ख्याक) नाच, खिचा (कुकुर) नाच, कवां नाच, जङ्गली नाच, भालु नाच आदि देखाइरहेका छन् । यसरी नै झ्याउरे नाच, फाकंदली नाच, कलाँली (टोकरी) नाच, लाहुरे नाच पनि देखाउन थालेका छन् । यी नाचहरू विभिन्न टोलको चोकमा देखाइनुपर्ने मान्यता छ । ती नाचहरू प्रतिस्पर्धामा भाग लिन या थप अङ्क पाउन नगरको विभिन्न ठाउँमा देखाइनुपर्छ । यी नाचहरूको मूल्याङ्कन गर्न नपाले दुई ठाउँ रोजेको छ । नपाबाट गठित मूल्याङ्कन समितिले दत्तात्रय र नासमनामा मूल्याङ्कन गर्ने काम गरिरहेको छ ।
आइतबार दत्तात्रयमा कमिचा गल्ली बाँसुरी बाजा समूहको फाकंदली, झ्याउरे र सूर्यमढीको पासा पुचःमार्फत फाकंदली, झ्याउरे, लाहुरे, कलाँलीचा नाच देखाइएको थियो । त्यसैगरी सोही वडाको भैल प्याखँ (भैरव नाच), कवांचा नाच, खिचा नाच देखाइएको थियो । नगांचाको भालु नाच पनि देखाइएको थियो ।
यसरी नै नासमनामा आस्था सांस्कृतिक परिवारको गाइँचा र फाकंदली देखाइएको थियो । नाचगान देखाउने र मूल्याङ्कन गर्ने काम भदौ ६ गतेसम्म चल्ने छ । विश्व सम्पदा स्थल लाय्कु दरबारमा दिउँसो आन्तरिक तथा बाह्य पर्यटकको लागि छुट्टै विभिन्न नाचगानको प्रदर्शन भइरहेको छ ।
Leave a Reply