भर्खरै :

फोटोग्राफरहरूको ¥याली

भक्तपुर, २ भदौ । विश्व फोटोग्राफी दिवसको अवसरमा किपाग्राफी भक्तपुरले सोमबार यहाँ एक प्रभात फेरी कार्यक्रमको आयोजना ग¥यो । फोटोग्राफरहरूको सहभागितामा दत्तात्रयबाट सुरु भएको ¥याली बजार परिक्रमापछि दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।
सभामा सिनियर फोटोग्राफर सुरेशराज शाक्यले कुनै ठाउँ, पर्व, संस्कार, संस्कृति आदिलाई फोटोग्राफीले जीवन्तता दिन्छ भन्नुभयो । फोटोग्राफी क्षेत्रलाई स्थानीय तहबाटै यसको विकास र संवद्र्धन गर्नुपर्नेमा उहाँको जोड थियो ।
किपाग्राफीका अध्यक्ष एवम् कार्यक्रममा सभापति अच्युत प्रजापतिले पुर्खाले सिर्जेको कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्न फोटोग्राफीले महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो । कार्यक्रममा सुदिप सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *