शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
भक्तपुर, २ भदौ । प्रस्तावित रङ्गशाला पीडित सङ्घर्ष समितिले कथित अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ । सूचनामा भनिएको छः “गत वर्ष २०७५ कार्तिक १६ गतेदेखि प्रस्तावित रङ्गशाला पीडितहरूको निरन्तर हालसम्म रङ्गशाला निर्माणको विरोधबीच भक्तपुर क्षेत्र नं.२ का सांसद महेश बस्नेतले २०७६ भाद्र १ गते प्रतिनिधिसभा बैठकको शून्य समयमा १००० रोपनी जमिनमा ५० हजार क्षमताको रङ्गशाला निर्माण गर्न ‘कसैको विरोध नभएको’ भनी बोलेकोमा यस समितिको घोर आपत्ति छ । यस समितिको २०७६ भाद्र २ गतेको बैठक निर्णयअनुसार त्यस्ता झूठ बोल्ने सांसदको बहिष्कार गर्ने, तथा थप सशक्त विरोधका कार्यक्रम अगाडि बढाउने व्यहोरा सम्पूर्ण पीडित किसानहरूमा जानकारी गराइन्छ ।
स्मरण रहोस् समितिको आयोजनामा मिति २०७५ कार्तिक २५ गते ८८८ जना पीडित किसानहरूको हस्ताक्षर सङ्कलन गरी विरोधस्वरुप विभिन्न निकायमा विरोध पत्र बुझाएका थियौँ । यसका बाबजुद महेश बस्नेतबाट संसदमा जुन जनविरोधी कुरा उठ्यो त्यसको घोर भत्र्सना गर्दछौँ ।”
Leave a Reply