भर्खरै :

नेपाली काँग्रेसले भ्रष्टाचारीलाई संरक्षण चाहेको कि कारबाही ?

प्रसङ्ग बिहीबार आयोजित भक्तपुर काँग्रेसको पत्रकार सम्मेलनको हो । भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापा गत प्रतिनिधिसभामा आफ्नै स्वच्छ छविका नेता दमननाथ ढुङ्गानालाई हराई नाइकेको रूपमा परिचित अर्कै पार्टीका उम्मेदवार जिताउन लागेका व्यक्ति हुन् । त्यही व्यक्तिले हालै भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता र भ्रष्टाचार भयो भनी सञ्चारमाध्यममा आएपछि सम्पर्कविहीन भएका पूर्व व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र श्रेष्ठको पक्षमा किन बहस गर्नुप¥यो ? भ्रष्टाचारको केही अंश भक्तपुर काँग्रेसले पाइरहेकोमा अब नपाउने भयो भनी हो कि ? नभए भ्रष्टाचारीलाई कारबाही गर्न सहयोग पु¥याउन पर्दैनथ्यो ? अब भक्तपुर क्यान्सर अस्पताल पनि अझ राम्रो बन्ने भयो । सेवाग्राहीले सस्तोमा सेवा पाउने भयो । हिसाब पारदर्शी हुने भयो भनी भक्तपुर नगरपालिकालाई धन्यवाद दिनुपर्दथ्यो । यदि नेमकिपाका जनप्रतिनिधिहरूको नेतृत्वमा भक्तपुर अस्पताल पनि रहेको भए, उक्त अस्पतालले पनि जनतालाई राम्रो सुविधा र सेवा दिनसक्दथ्यो । तर, भक्तपुर काँग्रेसले कहिल्यै भक्तपुर अस्पताल नेमकिपाका जनप्रतिनिधिको व्यवस्थापन समिति (विकास समिति) अध्यक्षमा राख्न चाहेन । २०५२ को कुरो हो, नेपाली काँग्रेसका तत्कालीन स्वास्थ्य मन्त्रीले भक्तपुर निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद आशाकाजी बासुकलालाई भक्तपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति गरी पठाएको जानकारी दिएका थिए । उक्त कुरा भक्तपुर काँग्रेसले थाहा पायो । नेमकिपाको तर्फबाट निर्वाचित कार्यकर्ताको नेतृत्वमा भक्तपुर अस्पताल विकास समिति बनेमा राम्रो चल्नेछ र नेपाली काँग्रेस कहिल्यै जित्ने छैन भनी नेकाले रोकेको थियो ।
नेपाली काँग्रेस बहुमत जनताको हितमा केही गर्दैन । अनि नेमकिपाले गरेको पनि सहँदैन । नेमकिपालेझैँ पारदर्शिता र इमानदारिताका साथ काम गरेको नेकाले नेतृत्व गरेको थाहा छैन । प्राडो–पजेरो सुविधा लिई भ्रष्टाचार गर्ने कार्यको नेतृत्व नेपाली काँग्रेसको सरकारले गरेको थियो । बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि इँटा टायल उद्योग, भृकुटी कागज कारखानालगायत ३५ वटाभन्दा बढी सार्वजनिक उद्योगहरू कौडीको मोलमा निजीकरण नेपाली काँग्रेसले नै ग¥यो । देशमा बेरोजगारी समस्या निम्त्यायो । नेपाली युवाहरूलाई सस्तो ज्यामीको रूपमा अरब देशहरू र अन्य देशहरूमा जाने कानुन नेपाली काँग्रेसका नेता रामशरण महतले नै ल्याए । यसरी देश र जनताको हितविपरीतको कार्य गर्ने पार्टीको रूपमा नेपाली काँग्रेस परिचित छ ।
भक्तपुर काँग्रेसले पत्रकार सम्मेलनमा भक्तपुर काण्ड (ह्योजू काण्ड) को पनि चर्चा ग¥यो । ह्योजू काण्डमा नेपाली काँग्रेसका कार्यकर्ता सामेल थिए । शव ¥यालीमा पनि उनीहरू नै सामेल थिए । त्यसो त २०५२ मा तत्कालीन जनयुद्ध सुरु गर्न पनि नेपाली काँग्रेस सरकारकै अकर्मण्यताकै कारण थियो । आफूबाहेक अरु पार्टीको अस्तित्व स्वीकार नगरी नेपाली काँग्रेसले तत्कालीन जनमोर्चा नेपालबाट निर्वाचित रोल्पाका जिल्ला सभापतिमाथि गरिएको कारबाहीबाट प्रस्ट हुन्छ । फलस्वरुप देश जनयुद्धमा १० वर्ष फस्यो । नेपाली काँग्रेसकै सरकारले १७ हजार नेपाली जनताको ज्यान लिएको थियो ।
भक्तपुर क्यान्सर अस्पतालबाट भ्रष्टाचारको अंश नपाउने भयो भनी भक्तपुर काँग्रेस छटपटाइरहेको अनुभव भक्तपुरवासीले गरिरहेका छन् । नभए नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गठन भएको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिलाई भक्तपुर काँग्रेसले विरोध किन गर्नुप¥यो ? खुसी हुनुपर्ने होइन र ? भ्रष्टाचारीहरूलाई कारबाही गर्न मद्दत गर्नुपर्ने होइन र ? नेपाली काँग्रेस (भक्तपुर) भ्रष्टाचारीलाई संरक्षण चाहेको कि कारबाही ? अब व्यवहारबाट प्रस्ट हुने छ ।
हुन त नेपाली काँग्रेस भारतीय दलाल र पुँजीपति वर्गको पार्टीको रूपमा परिचित छ । नेका पद र पैसाको लागि राजनीति गर्छ । मन्त्री बनेर भ्रष्टाचार गर्न नपाएर आफ्नै बहुमतको सरकार ढाल्ने पार्टी भनेको नेपाली काँग्रेस नै हो । खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले जस्ता नेताहरुले भ्रष्टाचार गरेको प्रमाणित भएर जेल जीवन बिताउनुपरेको घामझैँ छर्लङ्ग छ । भ्रष्ट नेताहरू जेल सजाय सकाएर बाहिर निस्कँदा फूलको माला लगाउने काँग्रेस कार्यकर्ताहरू कतिको नैतिकवान छन् ?
– सुवास दुवाल, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *