‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
– प्रकृति
गाईजात्रा सकियो, तर चर्चा सकिएको छैन । केटाकेटीहरू आफ्ना विद्यालयमा गाईजात्राकै चर्चा गर्दै छन् । अझ सपनामा पनि गाईजात्राको धुन गुञ्जिन छोडेको छैन । बाटोबाटोमा गिनि त्वं गिनि त्वंको बोलमा केटाकेटी लठी जुधाउँदै छन् । संस्कृतिकर्मी तथा कलाकारहरू ‘चतछि’ गरी भोज खाँदै यस वर्षको गाईजात्राको सिंहावलोकन गर्दै छन् ।
भक्तपुरको गाइजात्रा हास्यव्यङ्गमात्र होइन, जसरी प्रस्तुत आम नेपालीले बुझ्छन् । बेढङ्गको कुनै काम भएपछि मानिसहरू के गाईजात्रा पारा देखाएको भन्छ, यो गाईजात्रा पर्वको अल्प बुझाइ हो । वास्तवमा गाईजात्रामा जति अनेक खालका नाचगान हुने कुनै अरू पर्व नै छैन । गाईजात्राको हास्यव्यङ्ग्य त गाईजात्राको एउटा अंशमात्र हो । भक्तपुरलाई ‘नाचगानको राजधानी’ गाईजात्राले नै बनाएको भन्दा त्यति फरक पर्दैन । गाईजात्रा जीवन दर्शन हो, गाईजात्रा समाजको प्रतिबिम्ब हो ।
यसपालिको गाईजात्रामा पनि समसामयिक विषयका हास्यव्यङ्ग, प्रहशन, व्यङ्ग गीतदेखि लोपोन्मुख परम्परागत नाच र सङ्गीतको मेला लाग्यो, एक दिन होइन ९ दिनसम्म । साँझ ६ बजेदेखि मध्यरातसम्म भक्तपुर थाकेन । नाचगान प्रस्तुत गर्ने कलाकारले पैसा पाउँदैनन्, उल्टो आफ्नै पैसा हाल्छन् । नाचगानबाट मनोरञ्जन पाउनेले पनि कुनै पैसा तिर्नु पर्दैन । खुला चोक, लाछी, ननीमा नाचगान हेर्न पाइन्छ, नाचगान हेर्नमा कुनै भेदभाव हुन्न, जात, थर वा आर्थिक हैसियतको छेकबार हुन्न ।
जीवनको उत्तराद्र्धका वृद्धदेखि चिचिला बालबालिका नाचगानमा सहभागी हुन्छन् । ती जनताले जनताकै निम्ति बनाइएका प्रस्तुतीहरू हुन्छन् । कलाकारहरूको उद्देश्य रमाइलो गर्नेमात्र हुन्न, अमूर्त सम्पदाको रक्षा गर्ने उद्देश्य पनि हुने गर्छ । ‘पुर्खाले सिर्जेको सम्पदा, हाम्रो कला र संस्कृति’ को नाराले ती युवाहरूलाई उत्साहित गरिरहेको भेटिन्छ । यसरी आजको जीवन र भोलिको जीवनसँग गाईजात्रा जोडिन पुगेको छ । सम्पदा जिउँदो जाग्दो जनताले बनाउँछन् भन्ने यथार्थ दिनभर हाड खियाएर अनिदो रात बिताउने ती कलाकारहरूका जोश जाँगरमा खुल्छ ।
मानिसको मानसपटलबाट हराउन थालेका झ्याउरे, लाउरे नाचदेखि नागाचा, भैल, देवी, माक, लाखे, कलाँली, भालु, खिचा, ख्या, कवांचा, गाइँचा, जङ्गली म्हेखा, लुसी, फाकंदली, झ्याँझ्याँ आदि नाच प्रदर्शनी भए । ख्याल
(प्रहसन) ले समाजलाई मनोरञ्जनमात्र होइन सामाजिक÷राजनीतिक चेतना दिएको पाइन्छ । गीत÷सङ्गीत÷नृत्यले समाजलाई केही गर्न वा केही नगर्न झक्झक्याउँछन् । कला र संस्कृति जोगाउन भक्तपुर नगरपालिकाले पुरस्कार दिई प्रशंसनीय काम गर्दै आएको छ । भक्तपुरको अमूल्य निधिको प्रचारप्रसार विश्वभर प्रचार गर्ने पाटो भने बाँकी नै छ ।
Leave a Reply