भर्खरै :

चित्तपोलमा भक्तपुर काण्डको भत्र्सना

भक्तपुर, १२ भदौ । २०४५ मा निरङ्कुश पञ्चायती व्यवस्थाले रचेको भक्तपुर काण्डको भत्र्सनामा नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगर समितिले बुधबार चित्तपोलमा एक कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले सामन्तवादी व्यवस्थाविरुद्ध लडेजसरी नै पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने बेला आएको धारणा राख्नुभयो । समाजमा अन्याय र अत्याचारको सीमा नाघ्न थालेको भन्दै उहाँले कामगरी खाने वर्गले बाँच्ने हकसमेत गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर काण्डको भत्र्सना गर्नुको अर्थ क्रान्तिकारी भावनालाई जीवित राख्नु हो ।”
कार्यक्रममा नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले नेमकिपाविरुद्धको षड्यन्त्र गर्ने जस्तोसुकै शक्तिको अन्त हुन्छ भन्नुभयो । उहाँले नेमकिपाले देश र जनताको इमानदारीसाथ सेवा गर्दा प्रतिक्रियावादीहरूले अत्तालिएर षड्यन्त्र गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा, सूर्यविनायक नगर समितिका सदस्य राजेन्द्र बखुञ्छें, विष्णु सुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *