नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
मध्यपुर, २७ चैत । हाम्रो भाषा, कला, संस्कृति र नाचगानलाई संरक्षण र सवद्र्धन गर्न हामी सबै लाग्नुपर्छ र सरकारको मुख ताकेर बस्यौं भने हामी निरास हुन्छौं । उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंं (रोहित) ले थिमि कला परिषद्ले शनिबार आयोजना गरेको नवांै श्रीगोपाल कला पुरस्कार बाग्लुङ्गको हनुमान नाच संरक्षण परिषद्लाई हस्तान्तरण गर्दै बताउनुभएको हो ।
उहाँले ऐतिहासिक नाचगान र वाद्यवादन नयाँ पुस्तालाई सिकाई संरक्षण गर्नुभएका थिमि कला परिषद्का अध्यक्ष श्रीगोपाल प्रजापतिको कामको प्रशंसा गर्दै हाम्रो पुराना ऐतिहासिक नाचगान, वाद्यवादनको अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यमा नयाँ पुस्ता लाग्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले हाम्रो कला–भाषा–साहित्य–संस्कृति नै हाम्रो पहिचान भएको चर्चा गर्दै भाषिक तथा सांस्कृतिक विविधताले देशलाई सुन्दर बनाउने विचार व्यक्त गर्नुभयो ।
नगद रू. २५ हजार, ताम्रपत्र र चाँदीको पदकसहितको पुरस्कार ग्रहण गर्दै बाग्लुङ्गको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले पुरस्कारले अझ प्रेरणा मिलेको र बढी जिम्मेवारीबोध गराएको बताउनुभयो ।
श्रीगोपाल कला सिरपा गुठीका सदस्य कैलाशभक्त प्रधानाङ्गले चार वर्ष अगाडि नै बाग्लुङ्गको हनुमान नाचलाई पुरस्कृत गर्न छनोट भए पनि पनौतीको लोप भइसकेको नाचको पुनःउत्थानमा सहयोग पु¥याउन पनौतीको नाचलाई पुरस्कार दिएको र बाग्लुङ्ग नाचलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
थिमि कला परिषद्का अध्यक्ष श्रीगोपाल प्रजापतिको सभापतित्वमा भएको सो पुरस्कार वितरण कार्यक्रममा पुरस्कार छनोट समितिका अरूणा नकर्मी, पुरस्कारदाता गणेशराम प्रजापतिलगायतका वक्ताहरूले बोल्नुभएको थियो । सो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ ।
Leave a Reply